अस्पताललाई अत्यावश्यक उपकरण सहयोग

सिमकोट – स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पताललाई महँगा मूल्यका अत्यावश्यक उपकरण सहयोग उपलब्ध भएको छ। कार्यालयको मागअनुसार अस्पतालका लागि आवश्यक उपकरण निःशुल्क उपलब्ध भएका हुन्। अस्पतालका चिकित्सक टासी आङ्जु लामाले अस्पतालको माग र आवश्यकतालाई ध्यानमा राखी उक्त उपकरण उपलब्ध भएको जानकारी दिए। युएस एडको आर्थिक सहयोगमा स्वास्थ्यका लागि सक्षम प्रणालीले ६४ लाख ३५ हजार १६९ […]

सम्बन्धित सामग्री

एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई हिमालय एअरलाइन्स्को सहयोग

काठमाडौं । हिमालय एअरलाइन्स् प्रालिले एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर सहयोग गरेको छ । एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङले अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा. कैलाशकुमार भण्डारीलाई आइतवार सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । उक्त एयर कन्डिसनर अस्पतालको सगरमाथा जनरल वार्डमा जडान गरिने बताइएको छ । उक्त सहयोगले खाँचोमा परेका बिरामीले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउने अपेक्षा गरिएको छ । वार्डले कमजोर आर्थिक अवस्था भएका बिरामीलाई सेवा दिँदै आएको र एअरलाइन्स्को सहयोगले अनुकूल वातावरण सृजना गर्न वातानुकूलित सेवा प्रदान गर्ने बताइएको छ । एअरलाइन्स्का अध्यक्ष एन्योङले एअरलाइन्स्को लक्ष्य नेपालको उड्डयन क्षेत्र गतिशिल बनाउनेमात्र नभई सामाजिक उत्तरदायित्व प्रतिको आफ्नो जिम्मेवारीलाई पूरा गर्न सक्दो प्रयास गर्ने समेत रहेको बताए । ‘म आशा गर्दछु कि हाम्रो सानो योगदानले नेपाल अर्थोपेडिक अस्पतालको गुणस्तरीय हेरचाहका साथ खाँचोमा परेका नागरिकको सेवा गर्ने प्रयासलाई बलियो बनाउन मद्दत गर्नेछ,’ उनले भने । अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारीले एअरलाइन्स्को यो मानवीय र उदार कार्यको उच्च प्रशंसा र कदर गर्ने बताए ।  एअरलाइन्स्ले कोभिड–१९ महामारीको चुनौतीपूर्ण अवधिमा भेरो सेल भ्याक्सिन, कोभिड–१९ अत्यावश्यक चिकित्सा उपकरण र भेन्टिलेटर, पीसीआर परीक्षण मेसिन, इन्फ्रारेड थर्मोमिट , पीपीई, र सर्जिकल मास्क आदि उपलब्ध गराएको स्मरण गरेको छ ।

गोल्छा ग्रुपले पाटन अस्पताललाई दियो १ करोड सहयोग

अस्पताललाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि उक्त सहयोग गरिएको गोल्छाले जानकारी दिए।

सुनवल नगरपालिकाका अस्पताललाई सर्वोत्तम सिमेन्टको मेडिकल उपकरण सहयोग

काठमाडौं । सर्वोत्तम सिमेन्टले सुनवल नगरपालिकामा रहेका अस्पतालको लागि अत्यावश्यक मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ । कम्पनी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वतर्फको प्रतिबद्धता पूरा गदै उक्त मेडिकल सामग्री प्रदान गरेको जनाएको छ । आइतबार आयोजित एक कार्यक्रममा कम्पनीका तर्फबाट नारायणप्रसाद पाण्डेयले सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर क्षेत्री तथा उपप्रमुख दधिराम अर्याललाई उक्त उपकरणहरु...