काठमाडौं(अस) । सर्वोत्तम सिमेन्टले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुनवल नगरपालिकास्थित अस्पतालका लागि अत्यावश्यक मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।
उद्योगका अधिकारी नारायणप्रसाद पाण्डेयले सुनवल नगरपालिका प्रमुख भीमबहादुर क्षेत्री तथा उप–प्रमुख दधिराम अर्याललाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।
उद्योगले १० थान शय्या, ईसीजी मेसिन तथा १० थान अक्सिजन फ्लोमिटरलगायत आईसीयू कक्षलाई आवश्यक पर्ने विभिन्न उपकरण प्रदान गरेको हो । हालको विषम परिस्थितिमा उक्त उपकरण सहयोगबाट सुनवल नगरपालिकाको स्वास्थ्य व्यवस्थामा थप सहयोग पु¥याउने विश्वास उद्योगको छ ।