स्वास्थ्य मन्त्रालयको निर्देशनप्रति अफिनको ध्यानाकर्षण

काठमाडौं (अस) । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन अफ नेपाल (अफिन)ले १५ दिनभित्र अक्सिजन प्लान जडान गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले ठोस कदम चाल्नुको सट्टा अव्यावहारिक निर्णय गरेको भन्दै अफिनले आपत्ति व्यक्त गरेको छ ।  कोभिड संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण अस्पतालहरूलाई अक्सिजन प्लान्ट जडान गर्न कम्तीमा तीन महीना लाग्ने उसले स्पष्ट पारेको छ । सय शय्याका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान जडानको निर्देशन दिनु गैरजिम्मेवारपूर्ण निर्णय भएको समेत अफिनले औंल्याएको छ । कोरोना महामारीका कारण मुलुकभर चर्किएको अक्सिजन अभावबारे सबै अवगत रहेको उल्लेख गर्दै संस्थाले कोभिडको उपचार गरिरहेका निजी अस्पतालहरूलाई राज्यले अत्यावश्यक स्रोतसाधन उपलब्ध नगराई हचुवाको भरमा निर्णय गरेको टिप्पणी गरेको छ । हाल निषेधाज्ञा कायमै रहेको र अन्तरराष्ट्रिय उडानमा समेत रोक लगाइएको भन्दै अफिनले द्रूत ढुवानीको अन्य कुनै विकल्प नभएकाले १५ दिनमा जडान सम्भव नभएको स्पष्ट्याएको छ । सरकारको मापदण्ड बमोजिम सय शय्याको अस्पतालका लागि आवश्यक अक्सिजन प्लान्टको मूल्य २ करोड पर्ने र सोको जडानका लागि ५० लाख थप लगानी लाग्ने भन्दै अफिनले विद्यमान परिस्थितिमा उक्त लगानीका लागि सबै अस्पताल सक्षम नरहेको बताएको छ । विज्ञप्तिमा देशभर अक्सिजनको अभावको समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदम चालिनुपर्ने माग समेत गरिएको छ । साथै सरकारको कदममा साथ दिन निजी अस्पताल तयार रहेको भनिएको छ ।  

सम्बन्धित सामग्री

सावधानी अपनाएर काममा खटिन स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, ७ माघ। स्वास्थ्यकर्मीहरू पनि धमाधम संक्रमित हुँदै गएपछि स्वास्थ्य मन्त्रालयले सावधानी अपनाएर काममा खटिन आग्रह गरेको छ ।स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमणको दर बढ्दा स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरूलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ । मन्त्रालयका सह प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण […]

संक्रमण तीव्र भएको भन्दै सबैलाई सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्नेभन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ। स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गइ स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसाबले कम […]

भेरी अस्पतालमा आक्रमण गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नू : स्वास्थ्य मन्त्रालय

मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भेरी अस्पतालमा चिकित्सक तथा नर्समाथि भएको आक्रमण प्रति मन्त्रालयको ध्यानाकर्षण भएको  बताएका छन्।

तोकिएकोभन्दा बढी शुल्क नलिन अस्पतालहरूलाई मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचारको नाममा केही निजी अस्पतालहरूले बढी शुल्क लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  बुधवार अस्पतालका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै तोकिएकोभन्दा बढी शुल्क लिने गरेको गुनासोहरू आइरहेको बताएका छन् । ‘महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।  मन्त्रालयले अनावश्यक शुल्क नलिन सम...

विदेश यात्रामा सबै ल्याबको रिपोर्टलाई मान्यता दिन स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश यात्राका क्रममा कुनै विशेष प्रयोगशालाले गरेको कोभिड परीक्षण रिपोर्टमात्र मान्य हुनेगरि जारी सार्वजनिक सूचना कार्यान्वयन नगर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ। मन्त्रालयको कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी बैठकले विभिन्न कूटनीतिक नियोग, दूतावास तथा हवाइ उडानहरुले जारी गरेको सूचनामा ध्यानाकर्षण भएको भन्दै सो निर्णय गरेको हो।…