लुम्बिनी प्रदेश सभा सदस्यमा २८ वर्षीय उम्मेदवार अनुराग खड्का विजयी

दाङ – दाङ क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय अनुराग खड्का प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ १६ हजार २ सय २२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गर्नुभयो । खत्रीलाई ३ हजार ५२ मतान्तरले पराजित गर्दै खड्का विजयी हुनुभयो । उहाँ स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुनुहुन्छ । उहाँ लुम्बिनी प्रदेशसभामा निर्वाचित हुने सबै भन्दा कान्छा सदस्य हुनुहुन्छ  ।

सम्बन्धित सामग्री

खुमबहादुरका छोरा अनुराग लुम्बिनी सभामा विजयी

रूपन्देही । कांग्रेस नेता स्व खुमबहादुर खड्काका छोरा अनुराग खड्का लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । दाङको क्षेत्र नं १ प्रदेश सभा (२) बाट खड्का लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । खड्काले ३०५२ मतान्तरले नेकपा एमालेका कुलबहादुर केसीलाई पराजित गरेका छन् । खड्काले १६२२२ मत पाएका छन् । केसीले १३१७० मत […]