दाङ १ (ख) मा खुमबहादुर खड्का पुत्र अनुराग विजयी

दाङ १ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यका लागि कांग्रेस नेता खुमबहादुर खड्का पुत्र अनुराग खड्का निर्वाचित भएका छन्।...

सम्बन्धित सामग्री

खुमबहादुर खड्का छोरा अनुराग दाङ–१ (ख) बाट निर्वाचित

नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का दाङ क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट निर्वाचित भएका छन् । एमालेका उम्मेदवार कुलबहादुर केसीलाई ३ हजार ५२ मत अन्तरले हराउँदै खड्का निर्वाचित भएका हुन् । खड्काले १६ हजार २२२ मत ल्याएर विजयी भएका छन् भने एमालेका केसीले १३ हजार १७० मत ल्याएर पराजित भएका छन् । यस्तै प्रदेश सभा १ बाट माओवादीका इन्द्रजीत थारु र एमालेका गंगाराम भट्टराई प्रतिस्पर्धामा छन् । यस प्रदेशमा थारूले अग्रता लिएकाले उनी जितउन्मुख अवस्थामा छन् ।