उमेरले २८ वर्ष पुगेका अनुराग खड्का नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनी दाङ जिल्लामै सबैभन्दा बढी मत प्राप्त गरेर महाधिवेशनमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिको लागि मंगलबार भएको मतदानबाट दाङका तीन वटै निर्वाचन क्षेत्रमा अनुरागको बराबर कसैले पनि मत ल्याउन सकेनन् ।जिल्लामा चुनिने ७० जना महाधिवेशन प्रतिनिधिमा उनी सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि बनेका छन् । जिल्लामा लोकप्रिय मत ल्याउने र कम उमेरका महाधिवेशन प्रतिनिधि अनुराग नेपाली काँग्रेसका प्रभावशाली नेता