काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ ।
श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आईतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुन्नुभएको हो । उहाँले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै ज्यान गएर ल्याउन नसकेको, मेलेसिया तथा अन्य देशमा जान म्यानपावरहरुले लाखौं रकम लिएको लगायतका गुनासो प्रत्यक्ष रुपमा सुन्नुभएको छ । मन्त्री कुँवरले अब प्रत्येक आईतबार बिहान ११ बजेदेख...