प्रश्नपत्र हुबहु निकाल्ने र 'लिक' गर्नेलाई तत्काल कारबाही हुन्छ : मन्त्री पाैडेल

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र 'लिक' गर्नेलाई तत्काल कारबाही हुने बताउनुभएको छ । आज बिहीवार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढेको बताउँदै कानुनअनुसार कारबाही हुने बताउनुभयो ।  देशको झन्डै ८० प्रतिशत व्ययभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्चाउँदै आउँदा दिनमा यस्तो काम गर्न नदिनेमा आफू सजग भएको उहाँले बताउनुभयो । प्रश्नपत्र...