कारबाही भोगेका लुम्बिनीका ४ मन्त्री राष्ट्रियसभा उपनिर्वाचनको मतदानबाट बञ्चित

दाङ : जेठ १७ गते हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा ४ जना प्रदेश मन्त्रीले मत दिन नपाउने भएका छन्।निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा प्रदेशसभा सदस्यबाट ७९ जनाको मात्रै नाम छ। जसमा जनता समाजवादी पार्टीले कारबाही गरेका प्रदेशका मन्त्री सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको नाम छैन।८७ जना सदस्य रहेको लुम्बिनीमा  प्रदेशसभाले जसपाले कारबाही गरेका ४ जना, माओवादीले कारबाही गरेका २ जना, र एमालेबाट राजीनामा गरेका २ जन