संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका विषयमा कानुन बमोजिम कारबाही हुने बताउनुभएको छ । दरबार सङ्ग्रहालयभित्र रेष्टुरेण्टलगायत विषयमा छानबिन गर्नका लागि गठित छानबिन समितिले आज बुझाएको प्रतिवेदन बुझ्दै मन्त्री आलेले सो कार्यमा कमीकमजोरी गर्ने व्यक्ति वा संस्थालाई कानुन बमोजिम कारबाही हुने बताउनुभयो । […]