काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताउनुभएको छ । गृह मन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्ने बताउनुभएको हो ।
आज आइतवार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरूले त्याे घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गर्दै गृह मन्त्री खाणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यस क्रममा गृहमन्त्री खाणले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभय...