काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वैदेशिक राेजगारीका लागि विदेश जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गरिने बताउनुभएको छ ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै आज साेमवार मन्त्री आलेले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा जाने गरिब नागरिकलाई सबैले सम्मान गर्नुपर्छ, दुःख दिने नियतले काम–कुरा गर्नु गलत हो ।’ सङ्गठनले वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकहरूलाई विमानस्थलमा दुःख दिने गरेको जा...