भृकुटीमण्डपमा भाडा नतिर्नेमाथि कारबाही हुन्छ : मन्त्री रेग्मी

काठमाडौँ, २५ माघ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छिन् । भुकटीमण्डपभित्र रहेका व्यापारीहरूले स्टल भाडासमेत नतिरेको पाइएपछि उनले आज (मङ्गलबार) दिउँसो हङकङ बजारसहित भाडाका अन्य भवनहरूको अनुगमन गरेकी हुन् । त्यस क्रममा धेरैले भाडा नतिरेको पाइएको मन्त्री रेग्मीले बताईन्। उनले भृकुटीमण्डपभित्र भाडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही […]