हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको आँखुखोला जलविद्युत कम्पनी ४४ लाख ६१ हजार घाटामा

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. ४४ लाख ६१ हजार घाटामा छ । अघिल्लो आवको चौथो त्रैमासमा भने कम्पनी रू. २ करोड ४८ लाख नाफामा थियो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेसँगै कम्पनी घाटामा गएको हो ।  कम्पनीले अघिल्लो आवमा विद्युत विक्रीबापत रू. २२ करोड २९ लाख आम्दानी गरेकोमा गत आवमा रू. १९ करोड २२ लाखमा झरेको छ । पानी पर्न कम भएको र नेपाल विद्युत प्राधिकरणले विद्युत उत्पादनमा प्रतिबन्ध लगाएका कारण कम्पनीको विद्युत विक्री आम्दानी घटेको वित्तीय विवरणमा उल्लेख छ ।  कम्पनी घाटामा भएसँगै प्रतिशेयर आम्दानी ५६ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६९ दशमलव ६१ छ । कम्पनीको चुक्ता पूँजी रू. ८० करोड छ ।  साथै कम्पनी १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृति पाइसकेको छ । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद विक्री गर्न लागेको हो ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको बरुण हाइड्रोपावरको नाफा ३०५% बढ्यो

वैशाख ३०, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३०५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ५२ लाख ७२ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड १४ लाख पुगेको हो । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । विद्युत् विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ५२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. ४ करोड ५८ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ६ करोड ९९ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. २६ करोड ७९ लाख रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा रू. २ करोड ६४ लाख सञ्चित गरेको हो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ८३ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३५ दशमलव ७४ गुणा, तरलता अनुपात ३ दशलमव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०९ दशलमव ८६ रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । अव आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।

४०% हकप्रद शेयर निष्कासन गर्ने तयारीमा आइएमई जनरल इन्स्योरेन्स

फागुन ३, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनी ४० प्रतिशत अर्थात् १०:४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गर्नेछ । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २७ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हालसम्ममा कम्पनीले हकप्रद शेयरको आहवन पत्र भने प्रकाशित गरेको छैन । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्कासन पछि उक्त पूँजी रू. १ अर्ब ६२ करोड भन्दा बढी पुग्नेछ । कम्पनीले चालू आवको ६ महीनामा अर्थात् दोस्रो त्रैमाससम्ममा रू. १२ करोड १३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा भने १९ प्रतिशतले कमी आएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १५ करोड २ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घट्न पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २४ करोड ४१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १९ करोड ७३ लाखमा झरेको हो । सो अवधिमा कम्पनीले जगेडामा रू. ३० करोड ४२ लाख र बीमा कोषमा रू. ५३ करोड ५ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीको कुल बीमाुशल्क आर्जन गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ७१ करोड १३ लाख बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८२ करोड ६६ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ९७, मूल्य आम्दानी अनुपात ५३ दशमलव ४२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७२ दशमलव ११ रहेको छ ।

मंगलवारदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा एचआईडीसीएल

साउन ३, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल)  ले मंगलवारदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले रू. १०० अंकित दरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त कम्पनीको हकप्रदशेयरमा जेठ २७ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउने छन् । हकप्रद शेयर निष्कासन बन्द मिति साउन २५ गते बैंकिङ समयसम्म रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरेपछि कम्पनीको चुक्तापूँजी रू. २२ करोड पुग्नेछ ।  हकप्रद शेयर निष्कासन विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।साथै आवेदकले सि - आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट र सि आस्बा प्रणालीमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरलाई केयर रेटिङ नेपालले  केयर एनपी ए माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष न्यून जोखिम रहेको देखाउँछ ।