बैतडी – बैतडीको दुर्गम क्षेत्र मानिने सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगेको छ । बैतडीकाे पाटन नगरपालिका ८ को बिप्याकटालदेखि डडेल्धुराको बेलापुर हुँदै गाँउपालिकाको केन्द्रसम्म सडक पुगेको हो ।
गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । भाैगौलिक विकटताका कारण विकास निर्माणमा केही कठिनाइ भए पनि गाउँपालिकाको केन्द्रमा सडक पुगेकाले आजको दिन ऐतिहासिक भएको गाँउपालिकाका अध्यक्ष हरि सिंह धामीले बताउनुभयो ।
विभिन्न चुनौती र समस्याका बाबजुद पालिकाको केन्द्रमा सडक पुर्&z...