सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका हो, धनगढी । १९ वटा वडा रहेको यस उपमहानगरपालिकाको मुख्य बजारका सडक अझै स्तरोन्नति हुन सकेका छैनन् । ०७४ सालको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि दुर्गम क्षेत्र पनि सडक सञ्जालमा जोडिए तर, उपमहानगरपालिकाकै मुख्य बजार क्षेत्रका सडक अझै स्तरोन्नति तथा निर्माण हुन सकेका छैनन् ।जनप्रतिनिधिहरुले मुख्य बजारका सडक स्तरोन्नति अघि बढाउने प्रयास गर्दा पनि स्थानीयकै अवरोधका कारण थप समस्या भएको गुनासो गरेका छन् । राष्ट्रिय आयोजनाका रुपमा परिचित मोहनापुल&n