जाजरकोट–डोल्पा सडकले डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोडेको भनिए पनि यो सडकमा यात्रा गर्ने जो कोहीलाई डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिए जस्तो अनुभूति हुँदैन । जाजरकोटदेखि डोल्पा सदरमुकाम दुनैसम्मको १ सय १७ दशमलब ७ किलोमिटर लामो यो सडकमा यात्रा गर्दा सरर गुड्न पाइँदैन । ससाना खहरेखोला तथा ठूलीभेरी नदीमा पुल नहुँदा ठाउँठाउँमा गाडी फेर्दै हिँड्नुपर्ने बाध्यता छ ।