गुणस्तरीय नभएको भन्दै स्थानीयले रोके कालोपत्रको काम

गुल्मी । सडक कालोपत्र गुणस्तरीय नभएको भन्दै स्थानीयले काम रोकेका छन् । गुल्मीको सदरमुकाम तम्घासबाट रेसुंगा जाने सडक कालोपत्र गर्ने क्रममा कम गुणस्तरको भएको दाबी गर्दै स्थानीयले काम रोकेका हुन् । तम्घास–रेसुंगा सडकमा दुवैतर्फबाट आवतजावत पूर्णरूपमा बन्द गरी निर्माण व्यवसायीले कालोपत्र गरिरहेका थिए । तर स्थानीयले भने सम्झौताअनुसार काम नगरेको भन्दै रोक लगाइएको स्थानीय प्रकाश भलामीले बताए । ‘मापदण्डअनुसार काम भएको छैन,’ उनले भने, ‘कालोपत्र उप्किएर गिट्टी माटो देखिन्छ ।’ आफूहरू निर्माणस्थलमै पुगेर काम रोकेको र गुणस्तरीय काम गर्ने सम्झौता भएपछि मात्रै काम शुरू गर्न दिने उनले बताए । स्थानीय नीरज मरासिनीले ठेकेदारले दुवैतर्फको आवतजावत ठप्प गरी काम गर्नु स्वार्थपूर्ण भएको दाबी गरे । ‘एकतर्फी खुला राख्दै पालैपालो सडक निर्माण गर्नुपर्ने हो, तर कमसल सडक निर्माण गर्ने नियतले दुवैतर्फ सडक बन्द गरेको देखिन्छ,’ उनले भने, ‘सम्झौताअनुसार गुणस्तरीय काम हुने सुनिश्चित भएपछि मात्रै काम शुरू हुन्छ ।’ तम्घास–रेसुंगा नामाकरण भई २०७४ असार ३० गते सडक पूर्वाधार विकास कार्यालय गुल्मी र आशीष शेर्पा रामेछाप जेभीअन्तर्गत रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिबीच निर्माणको सम्झौता भएको थियो । सडक पूर्वाधार विकास कार्यालय तम्घासका प्रमुख इन्जिनीयर सचितानन्द चौधरीका अनुसार आयोजनाको अवधि पछिल्लो पटक म्याद थप गरी आगामी जेठमा पुर्‍याइएको छ भने यसका लागि कुल रू. १७ करोड १८ लाखमा सम्झौता भएको छ । कालोपत्र गुणस्तरीय भए वा नभएको विषयमा आफूहरूले अनुगमन गर्ने उनको भनाइ छ । ‘विवादले काम रोकिएका कारण अब सर्वपक्षीय छलफल हुन्छ,’ उनले भने, ‘सम्झौताअनुसारको काम हुन्छ, लामो समयसम्म काम रोकिन्न ।’ निर्माण व्यवसायी वीरेन्द्र भुसालले भने आफूहरूले सम्झौता अनुसार नै काम गरिरहेको दाबी गरे । निर्माण कम्पनीले ८० प्रतिशत काम सम्पन्न गरेको र रू. १३ करोड ५२ लाख भुक्तानी भइसकेको जानकारी उनले दिए । रासस

सम्बन्धित सामग्री

'दक्ष जनशक्तिका साथ गुणस्तरीय सेवा दिइरहेका छौं'

गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने मुख्य लक्ष्यका साथ यस सेन्टरको स्थापना भएकोले ल्याब सेवालाई अझै विशिष्टीकृत रुपमा सञ्चालन गर्ने मुख्य लक्ष्यका साथ हामीले काम गरिरहेका छौं। हामीले इन्डोक्राइनोलोजी सेवालाई विस्तार गर्ने योजना बनाएका  छौं। इन्डोक्राइनोलोजी विभागमा यस सेन्टरको सुरुवात देखी डा सन्देश पन्थीले सेवा दिइराख्नुभएको छ।

पुर्वाधारको काम गुणस्तरीय होस : भौतिक पुर्वाधार मन्त्री यादव

बारा । प्रत्येक जिल्लामा पुर्वाधार विकास निर्माणको कार्य गुणस्तरीय होस भनि मधेस प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले निर्देशन दिएका छन् । बाराको कलैयामा एक कार्यक्रमको बिच पुर्वाधार विकास कार्यालय बाराको उदघाट्न गर्दै मन्त्री यादवले पुर्वाधार विकास निर्माण कार्यमा कुनै सम्झौता नगरिने बताएका छन् । कलैया वडा नम्बर ४ स्थित जिल्ला समन्वय समितिको परिसर […] The post पुर्वाधारको काम गुणस्तरीय होस : भौतिक पुर्वाधार मन्त्री यादव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्झौताअनुसार समयमै गुणस्तरीय काम गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्का सम्झौताअनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । आइतबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभा उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले सम्बन्धित सरोकारवाला र व्यवसायीलाई यस्तो आग्रह गरेका हुन् । उनले अब निर्माण व्यवसायीका बाँकी रहेका भुक्तानी रकम समयमै […] The post सम्झौताअनुसार समयमै गुणस्तरीय काम गर्न प्रधानमन्त्रीको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्रीको निर्देशन : निर्माण कार्यलाई गुणस्तरीय बनाउनुस्

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विकास, निर्माणका काम गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन्। ६० औं इन्जिनियर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सरोकारवालाहरूबीच समन्वय कायम गरी विकास, निर्माणका काम गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराएका हुन्। उनले जनताको आवश्यकताअनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरू थप क्रियाशील भ

समयमै गुणस्तरीय काम गर्ने ठेकेदार सम्मानित

भोजपुर : पौवादुङमा गाउँपालिकाले तोकिएको समयमै गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ।तोकिएको मापदण्ड अनुसार निर्धारित समयमै काम सम्पन्न गरेको भन्दै राउत कन्स्ट्रक्सनका सञ्चालक कुल बहादुर राउतलाई गाउँपालिकाले सम्मान गरेको हो।पौवादुङमा गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको तिवारी भञ्याङ–च्याङ्ग्रे–मानेडाँडा अधेँरीघाट ३५ किलोमिटर सडक मध्ये १३ किलोमिटर स्तरोन्‍नतिको काम तोकिएको समयमा सम्पन्न गरेकाले कामको सम्मान गर्न निर्माण व्यवसायी राउतलाई सम्मान गरिएको गाउ

भोजपुरमा समयमै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान

पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापदण्डअनुसार निर्धारित समयमै काम सम्पन्न गरेको जनाउँदै राउत कन्स्ट्रक्शनका सञ्चालक कुलबहादुर राउतलाई गाउँपालिकाले सम्मान गरेको हो...

निर्माणाधीन सडकको अनुगमन गर्दै मन्त्री श्रेष्ठले दिए गुणस्तरीय काम गर्न निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

गुणस्तरीय काम नहुँदा ६ महिनामै भत्कियो सडक

तेह्रथुम जिल्लाको फेदान गाउँपालिकामा निर्माण भएको सिम्रागुफा–औंशीडाँडा सडक ६ महिना नबित्दै भत्किन थालेको छ । सडक निर्माणमा गुणस्तरीय काम नभएकाले सडक निर्माण भएको केही महिनामै भत्किन थालेको हो ।वर्षाैदेखि सडक निर्माण नहुँदा सास्ती भोग्दै आएका यहाँका नागरिक सडक निर्माणको कामले हर्षित बनेका थिए । बर्खामा हिलाम्यै र हिउँदमा धुलाम्यै हुने सडक निर्माणले नागरिकमा खुसी छाएको […]

'गुणस्तरीय काम गरे/नगरेको व्यवसायी आफैंले समीक्षा गर्नुपर्छ'

काठमाडाैं : भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैंले समीक्षा गर्नुपर्ने बताउनुभएको छ। आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ साधारण सभा समुदघाटन समारोहमा बोल्दै मन्त्री नेम्बाङले निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्यहरू निर्वाह गरे नगरेको सम्बन्धमा समिक्षा आवश्यक रहेको बताए।गुणस्तरीय काम र काममा आउने गरेको समस्या समाधानमा व्यवसायीहरुले कत्तिको समन्वयात्मक ढंगले समाधान गर्ने परिपा