काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विकास, निर्माणका काम गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन्। ६० औं इन्जिनियर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सरोकारवालाहरूबीच समन्वय कायम गरी विकास, निर्माणका काम गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराएका हुन्। उनले जनताको आवश्यकताअनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरू थप क्रियाशील भ