पाँचवटा एम्बुलेन्स हस्तान्तरण गर्दै मुख्यमन्त्रीले भने– गुणस्तरीय स्वास्थ्यका लागि सरकारले ब्यापक काम गरेको छ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश अन्तर्गतका सबै अस्पताललाई व्यवस्थित गरी स्तरीय बनाउने प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारले प्रदेशका सबै अस्पताललाई स्तरोन्नति गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्ने नीति अनुसार व्यापक काम गरेको उनको दावी छ ।मुख्यमन्त्री पौडेलले आइतबार हेटौंडामा आयोजित कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाको अस्पतालमा स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय बनाउन दक्ष चिकित्सक र सुविधायुक्त प्रयोगशाला स्थापनामा प्रदेश सरकार लागिपरेको बताए ।‘हामीले प्रद