भोजपुरमा समयमै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान
पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापदण्डअनुसार निर्धारित समयमै काम सम्पन्न गरेको जनाउँदै राउत कन्स्ट्रक्शनका सञ्चालक कुलबहादुर राउतलाई गाउँपालिकाले सम्मान गरेको हो...
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सदस्यहरुले चालु आर्थिक वर्षका लागि तोकिएका विकास पूर्वाधार निर्माणका काम मनसुन सुरु हुनुअगावै सम्पन्न गर्न सुझाव दिएका छन । समितिको बैठकमा उनीहरुले मनसुनमा विकास निर्माण गुणस्तरीय नहुने भन्दै मनसुन सुरुअघि नै निर्माण सम्पन्न गर्नका लागि सुझाव दिएका हुन । समिति सभापति दीपकबहादुर सिंहले निर्माण समयमा नै नसक्दा कतिपय विकासका आयोजनाहरु अलपत्र […]
रुकुम–पश्चिमको चौरजहारी बजार नयाँ सहरको रूपमा विकसित भइरहेको छ । गुणस्तरीय सडक, विद्युत, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माण हुन थालेपछि सो सहरको रूप फेरिने भएको छ ।
खोटाङ । कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले गरेको निरीक्षणमा ठाउँ–ठाउँमा कम गुणस्तरको सब–बेस तयारी अवस्थामा राखिएको र ढलानमा माटो मिसिएको बालुवा प्रयोग गरेको पाइएको हो । सेखुवा–चखेवाभञ्ज्याङ (१० किलोमिटर) लामो सडकखण्ड रू. ३२ करोडको लागतमा कालोपत्र गर्ने जिम्मा कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभी काठमाडौंले पाएकोमा निर्माण शुरू गरेको सात वर्षसम्म काम अलपत्र बनेको थियो ।
कजवे निर्माणका क्रममा मापदण्ड विपरीत बालुवा प्रयोग गरिएको भेटिएको समन्वय समिति प्रमुख राईले बताए । ‘निर्माण कम्पनीलाई कम गुणस्तरको निर्माण सामग्री हटाउन तथा माटो मिसिएको बालुवा प्रयोग गरेर निर्माण गरिएको स्ट्रक्चर भत्काएर पुन: गुणस्तरीय बालुवा प्रयोग गर्न निर्देशन दिइएको छ,’ उनले भने ।
२०७५ फागुन ३० सम्ममा सम्पन्न गर्नेगरी उक्त निर्माण कम्पनीले २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रका लागि सम्झौता गरे पनि सम्झौताअनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोस्रो म्याद २०७८ असार १३ र तेस्रोपटक थप भएको म्याद २०७८ फागुन ३० गते सकिसकेको थियो ।
नेपाल सरकारले जारी गरेको सार्वजनिक खरीद नियमावलीको १२औं संशोधनअन्तर्गत सो आयोजनाको म्याद आगामी असार मसान्तसम्म थप भएकोमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण थप म्यादभित्र सडक कालोपत्रको काम सम्पन्न हुने अवस्था नदेखिएको समन्वय प्रमुख राईले बताए । ढिलासुस्ती भएपछि मध्यपहाडी लोकमार्ग योजनाको कार्यालयले ठेक्का तोड्न गत मङ्सिर १८ गते सडक विभागसमक्ष सिफारिश गरेपछि कम्पनीले चैत पहिलो सातादेखि डीबीएसटीको काम शुरू गर्ने र वैशाख मसान्तसम्ममा डीबीएसटीको काम सम्पन्न गर्ने प्रतिबद्धता गरेको थियो ।
यसैबीच, मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको पंखुखोला पुल निर्माण रोकिएको छ । म्याद नाघेको वर्षौं बितेपछि निर्माण शुरू भएको पंखुखोला पक्की पुलको काम पुन: रोकिएको हो ।
पंखुखोलामा अबुटमेन्ट र लिफ्ट ढलान गरिएकोमा हाल निर्माणस्थलमा निर्माण सामग्री डण्डी, गिट्टी, बालुवा र सिमेन्ट नदेखिएकाले निर्माण कार्य रोकिएको पाइएको जिसस प्रमुख राईले बताए । निर्माण कम्पनीलाई तत्काल आवश्यक निर्माण सामग्री ल्याएर उक्त निर्माणाधीन पक्की पुलको काम पुन: गर्न निर्देशन दिइएको बताइएको छ । रासस
गुल्मी । सडक कालोपत्र गुणस्तरीय नभएको भन्दै स्थानीयले काम रोकेका छन् । गुल्मीको सदरमुकाम तम्घासबाट रेसुंगा जाने सडक कालोपत्र गर्ने क्रममा कम गुणस्तरको भएको दाबी गर्दै स्थानीयले काम रोकेका हुन् । तम्घास–रेसुंगा सडकमा दुवैतर्फबाट आवतजावत पूर्णरूपमा बन्द गरी निर्माण व्यवसायीले कालोपत्र गरिरहेका थिए । तर स्थानीयले भने सम्झौताअनुसार काम नगरेको भन्दै रोक लगाइएको स्थानीय प्रकाश भलामीले बताए ।
‘मापदण्डअनुसार काम भएको छैन,’ उनले भने, ‘कालोपत्र उप्किएर गिट्टी माटो देखिन्छ ।’ आफूहरू निर्माणस्थलमै पुगेर काम रोकेको र गुणस्तरीय काम गर्ने सम्झौता भएपछि मात्रै काम शुरू गर्न दिने उनले बताए ।
स्थानीय नीरज मरासिनीले ठेकेदारले दुवैतर्फको आवतजावत ठप्प गरी काम गर्नु स्वार्थपूर्ण भएको दाबी गरे । ‘एकतर्फी खुला राख्दै पालैपालो सडक निर्माण गर्नुपर्ने हो, तर कमसल सडक निर्माण गर्ने नियतले दुवैतर्फ सडक बन्द गरेको देखिन्छ,’ उनले भने, ‘सम्झौताअनुसार गुणस्तरीय काम हुने सुनिश्चित भएपछि मात्रै काम शुरू हुन्छ ।’
तम्घास–रेसुंगा नामाकरण भई २०७४ असार ३० गते सडक पूर्वाधार विकास कार्यालय गुल्मी र आशीष शेर्पा रामेछाप जेभीअन्तर्गत रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिबीच निर्माणको सम्झौता भएको थियो । सडक पूर्वाधार विकास कार्यालय तम्घासका प्रमुख इन्जिनीयर सचितानन्द चौधरीका अनुसार आयोजनाको अवधि पछिल्लो पटक म्याद थप गरी आगामी जेठमा पुर्याइएको छ भने यसका लागि कुल रू. १७ करोड १८ लाखमा सम्झौता भएको छ । कालोपत्र गुणस्तरीय भए वा नभएको विषयमा आफूहरूले अनुगमन गर्ने उनको भनाइ छ । ‘विवादले काम रोकिएका कारण अब सर्वपक्षीय छलफल हुन्छ,’ उनले भने, ‘सम्झौताअनुसारको काम हुन्छ, लामो समयसम्म काम रोकिन्न ।’
निर्माण व्यवसायी वीरेन्द्र भुसालले भने आफूहरूले सम्झौता अनुसार नै काम गरिरहेको दाबी गरे । निर्माण कम्पनीले ८० प्रतिशत काम सम्पन्न गरेको र रू. १३ करोड ५२ लाख भुक्तानी भइसकेको जानकारी उनले दिए । रासस
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नारायणगढ–बुटवल सडक निर्माण निराशाजनक भएको भन्दै त्यसको छानबिन गरी आवश्यक कारबाही अघि बढाउन र आगामी दिनमा लागत नबढ्ने गरी निर्धारित समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गर्न सरकारलाई निर्देश गरेको छ । बैठकले एशियन हाइवेका रुपमा स्तरोन्नति भइरहेको सो आयोजना सम्पन्न गर्नुपर्ने अवधिसम्ममा समस्टिगत प्रगति १८ दशमलव ४४ प्रतिशत रहेकामा समितिको ध्यानाकर्षण भएको उल्लेख छ । गत वर्ष माघ २८ गते समितिले स्थलगत अवलोकन गरी आवश्यक निर्देशनसमेत दिएको थियो । समि
भोजपुर : पौवादुङमा गाउँपालिकाले तोकिएको समयमै गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ।तोकिएको मापदण्ड अनुसार निर्धारित समयमै काम सम्पन्न गरेको भन्दै राउत कन्स्ट्रक्सनका सञ्चालक कुल बहादुर राउतलाई गाउँपालिकाले सम्मान गरेको हो।पौवादुङमा गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको तिवारी भञ्याङ–च्याङ्ग्रे–मानेडाँडा अधेँरीघाट ३५ किलोमिटर सडक मध्ये १३ किलोमिटर स्तरोन्नतिको काम तोकिएको समयमा सम्पन्न गरेकाले कामको सम्मान गर्न निर्माण व्यवसायी राउतलाई सम्मान गरिएको गाउ
निर्माण व्यवसायीको लापरबाहीका कारण काम सम्पन्न नगर्ने प्रवृत्ति देखिएको छ। सरकारले औद्योगिक क्षेत्रको विस्तार एवं गुणस्तरीय बिजुली उपलब्ध गराउन तय गरेको लक्ष्यसमेत यस्ता प्रवृत्तिका कारण समस्यामा परेको देखिएको छ।...
माघ १८, खोटाङ । साकेला गाउँपालिकाबाट छिमेकी जिल्ला भोजपुर जोड्ने साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको छ ।
प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय प्रदेश नं १ अन्तर्गत पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरको रू. ३२ करोड ३६ लाख लगानी रहेको उक्त सडकको २८ किलोमिटर सडकखण्ड स्तरोन्नति थालिएको हो ।
मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा निर्माण गरिएको उक्त सडकमा अहिले सवबेसको काम धमाधम भइरहेको छ । दिवा–आजाद जेभी बानेश्वर काठमाडौंले ठेक्का लिएको उक्त सडक स्तरोन्नतिको काम करीब ७० प्रतिशत पूरा भएको ठेकेदार कम्पनीले जानकारी दिएको छ ।
स्तरोन्नतिको काम भइरहेको सडकखण्डमा दोहोरो गाडी सञ्चालन हुने गरी सडक फराकिलो पार्ने, नाली निर्माण गर्ने तथा जाली भर्ने काम सम्पन्न भइसकेको ठेकेदार कम्पनीका प्रतिनिधि प्रेम मल्लले बताए ।
‘स्ट्रक्चरको काम सम्पन्न भएका ठाउँमा पहिलो लेयरको ग्राभेल गर्ने काम भइरहेको छ’, उनले भने, ‘अहिले दक्ष जनशक्तिसहित करीब ७५ देखि ८० कामदार लगाएर तीव्रगतिमा सडक स्तरोन्नतिको कामलाई अगाडि बढाइएकाले आगामी जेठ मसान्तभित्र सबै काम सम्पन्न गरेर सम्बन्धित कार्यालयलाई बुझाउने तयारी गरेका छौँ ।’
विसं २०७६ मंसिर ३० गते सम्झौता भएर स्तरोन्नतिको काम शुरु गरिएको सडकको भौतिक प्रगति हेर्दा तोकिएको समयभन्दा अगाडि सम्पन्न हुने देखिन्छ ।
सडक स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्ने मिति विसं २०७९ मंसिर मसान्तसम्म रहेको ठेकेदार कम्पनी र पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरसँगको सम्झौतामा उल्लेख छ ।
सडक स्तरोन्नतिको काम तीव्रगतिमा भइरहे पनि उक्त सडकको गुणस्तरमा कमी भएको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन् । स्थानीय बासिन्दाबाट गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गुनासो आएपछि तत्काल ठेकेदार कम्पनीलाई लिखितरूपमै पत्राचार गरेर गुणस्तर कायम गर्न र स्तरोन्नतिको काम छिटो सम्पन्न गर्न आग्रह गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
स्तरोन्नति भइरहेको उक्त सडक सञ्चालनमा आएपछि भोजपुरको टेम्केमैयुङ र रामप्रसाद राई गाउँपालिका तथा खोटाङको साकेला र खोटेहाङ गाउँपालिकाका यात्रु सहजरूपमा राजधानी काठमाडौंलगायतका जिल्ला आवतजावत गर्न पाउने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए ।
‘स्तरोन्नति भइरहेको सडक छिटो सम्पन्न गराउन र गुणस्तर कायम गराउन गाउँपालिकाको तर्फबाट निरन्तर अनुगमन गरेर खबरदारी गर्ने काम भइरहेको छ’, उनले भने, ‘अन्य योजनामा भन्दा साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक छिटो र गुणस्तरीय हुने अपेक्षा गरेका छौँ ।’
गाउँपालिकाभित्र निर्माण गरिएका अन्य सडकसमेत हिउँद तथा वर्षा बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति गर्ने काम भइरहेका छन् । गाउँपालिकाको आफ्नै लगानीमा अन्य सडकभन्दा पहिलो प्राथमिकतामा राखेर बाँझेच्यानडाँडा–मानेभञ्ज्याङ–छितापोखरी र कात्तिके–रतन्छा–बाँझेच्यानडाँडा सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताए ।
साकेला गाउँलालिकामा निर्माण गरिएका अधिकांश ग्रामीण सडकमा हिउँद वर्षा बाह्रै महिना यातायात सञ्चालन हुने गरेको छ । गाउँपालिकाभित्र निर्माण गरिएका सबै सडकमा बाह्रै महीना सहजरूपमा यातायात सञ्चालन भएपछि यात्रु तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र) गाउँपालिका समितिका सचिव नवीन राईले बताए ।
जिल्लाको सबैभन्दा सानो (पाँचओटा मात्रै वडा रहेका) स्थानीय तह उक्त साकेला गाउँपालिकामा ‘एक वडाबाट अर्को वडा तथा एक गाउँबाट अर्को गाउँ’ जोड्ने गरी सडक निर्माण गरिएका छन् ।
साकेला गाउँपालिकालाई मध्यपहाडी लोकमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दिक्तेल–खोटाङबजार हरित सडकले समेत छोएको छ ।
गुणस्तरीय ग्रामीण सडक निर्माणमा अन्य स्थानीय तहभन्दा अगाडि देखिएको साकेला गाउँपालिका जोड्ने साप्सुखोलामा यसअघि नै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइ सकिएको छ ।
राष्ट्रिय सडक सञ्जाल गाउँपालिकाका हरेक गाउँमा जोडिएसँगै स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज निर्यातमा सहज भएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । रासस
वीरेन्द्रनगर । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा निर्माण सामग्रीको अभाव हुन थालेको छ ।
निषेधाज्ञाका कारण निर्माण सामग्रीसहित कामदारको समेत अभाव हुन थालेको आयोजनाले जनाएको छ । ‘निषेधाज्ञाका कारण आयोजनामा निर्माण सामग्रीको पनि अभाव हुन थालेको छ । अहिले रड (सरिया) र सिमेन्ट अभाव भएको छ’, आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले भने ।
आयोजनाले ३२–३३ एमएमका सरिया प्रयोग गर्दै आएको छ । तर, बजारमा उक्त साइजका सरिया पाइँदैनन् । सरियाका लागि आयोजनाले कम्पनीमै अर्डर दिनुपर्छ ।
प्रयोगशालामा गुणस्तर पास भए मात्रै सरिया प्रयोगमा ल्याइन्छ । यदि गुणस्तर नभए आयोजनाले सरिया कम्पनीमै फिर्ता पठाइदिने गरेको छ ।
कोरोनाका कारण निर्माण कम्पनीमा उत्पादन बन्द हुनु र बजारमा ठूलो तथा गुणस्तरीय सरिया नपाएकै कारण आयोजनालाई सरिया अभाव भएको हो । तिवारी भन्छन्, ‘कोरोनाका कारण निर्माण कम्पनी बन्द हुँदा सरिया अभाव भएको हो ।’
आयोजना निर्माणको पूर्वनिर्धारित समय सकिन अब दुई वर्ष मात्रै बाँकी छ । अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
आयोजनाले सरिया प्रयोग हुनेबाहेकका काम जारी राखेको छ । आयोजनासँग सिमेन्ट पनि पर्याप्त छैन ।
कोरोनाकै कारण मजदुर र निर्माण सामग्री अभावले तोकिएकै समय आयोजना सम्पन्न हुनेमा आशंका उब्जिएको छ । ‘एक महिना निषेधाज्ञा हुँदा तीन महिना पछाडि धकेलिन्छ,’ तिवारी भन्छन्, ‘कोरोनाकै कारण आयोजना निर्माणमा ठूलो घाटा पुगेको छ ।’
पूर्वनिर्धारित समयअनुसार आर्थिक वर्ष ०७९/८० मा आयोजना सम्पन्न भइसक्नुपर्छ । तर, तोकिएको समयभित्र काम सम्पन्न हुनेमा भने आशंका छ । पूर्व निर्धारित समयावधि सकिन अब दुई वर्ष मात्रै बाँकी छ ।
अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । पूर्वनिर्धारित समय आयोजना सम्पन्न गर्न दुई वर्षमा ५३ प्रतिशत काम सम्पन्न हुनुपर्छ ।
सुरुङ निर्माणजस्तो जटिल कार्य सम्पन्न भइसकेका कारण बाँकी काम पनि तोकिएकै समय हुने उनको दाबी छ । उसो त पहिलो चरणमा सुरुङ निर्माणको काम निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न भएको थियो । तर, दोस्रो चरणको काम सुस्त छ । दोस्रो चरणअन्तर्गत आयोजनाको २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
त्यसमा महत्वपूर्ण मानिएको विद्युत्गृह निर्माणको काम झनै सुस्त छ । बाँधको कामसमेत अपेक्षित गतिमा हुन सकेको छैन । नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण गर्नुपर्नेछ ।
पानीको बहाव बढी हुने भएकाले वर्ष दिनमा चार महिना मात्रै बाँधको काम गर्न सकिन्छ । बाँध र पावर हाउस (विद्युत्गृह) निर्माणको जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएका छन् । भेरी नदीको पानी भेरीगंगा नगरपालिका–९ चिप्लेबाट वडा नम्बर १ को हात्तीखाल बबईमा खसालिनेछ । आयोजनाबाट बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफल सिँचाइ र हात्तीखालमा ४८ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ ।
जेठ २०, वीरेन्द्रनगर । निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा आयोजनामा निर्माण सामग्रीको अभाव हुन थालेको छ ।
निषेधाज्ञाका कारण निर्माण सामग्री अभावका साथै कामदारको समेत अभाव हुन थालेको आयोजनाले जानकारी दिएको छ ।’, निषेधाज्ञाका कारण आयोजनामा निर्माण सामग्रीको पनि अभाव हुन थालेको छ । आयोजनामा अहिले रड (सरिया) र सिमेन्टको अभाव भएको आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले बताए ।
उनले भने ‘आयोजनाले ३२–३३ एमएमको रड प्रयोग गर्दछ । तर, बजारमा उक्त साइजका रडहरू पाउँदैनन् । रडका लागि आयोजनाले कम्पनीमै अर्डर दिनुपर्छ । प्रयोगशालामा गुणस्तर पास भएमात्रै रड प्रयोगमा ल्याइन्छ । यदि गुणस्तर नभए आयोजनाले रड कम्पनीमै फिर्ता पठाइदिने गरेको छ ।
तर, कोरोनाका कारण निर्माण कम्पनीमा उत्पादन बन्द हुनु र बजारमा ठूलो तथा गुणस्तरीय रड नपाएकै कारण समस्या भएको हो’ । तिवारीले भने, ‘कोरोनाका कारण निर्माण कम्पनी नै बन्द हुँदा रड अभाव भएको हो ।’
पूर्व निर्धारित समयावधि सकिन अब दुई वर्ष मात्रै बाँकी छ । तर, अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आयोजनाले रड प्रयोग हुने बाहेकका कामहरू जारी राखेको छ । त्यस्तै आयोजनासँग सिमेन्ट पनि पर्याप्त छैन ।
कोरोनाकै कारण मजदूर र निर्माण सामग्री अभावले तोकिएकै समयमा आयोजना सम्पन्न हुनेमा आशंका उब्जिएको छ । ‘एक महीना निषेधाज्ञा हुँदा तीन महीना पछाडि धकेलिन्छ,’ तिवारी भन्छन्, ‘कोरोनाकै कारण आयोजना निर्माणमा ठूलो घाटा पुगेको छ ।’
पूर्व निर्धारित समयअनुसार आर्थिक वर्ष २०७९/८० मा आयोजना सम्पन्न भइसक्नु पर्छ । तर, तोकिएको समयभित्र काम सम्पन्न हुनेमा भने आशंका थपिएको छ । किनकि पूर्व निर्धारित समयावधि सकिन अब दुई वर्ष मात्रै बाँकी छ । तर, अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । पूर्व निर्धारित समयमा आयोजना सम्पन्न गर्न दुई वर्षमा ५३ प्रतिशत काम सम्पन्न हुनुपर्छ ।
सुरुङ निर्माण जस्तो जटिल काम सम्पन्न भइसकेका कारण बाँकी काम पनि तोकिएकै समय हुने उनको दाबी छ । उसो त पहिलो चरणमा सुरुङ निर्माणको काम निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न गरेको थियो । तर, दोस्रो चरणको काम सुस्त छ ।
दोस्रो चरणअन्तर्गत आयोजनाको २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । त्यसमा पनि महत्वपूर्ण मानिएको विद्युत् गृह निर्माणको काम झनै सुस्त छ । बाँधको कामसमेत अपेक्षित गतिमा हुन सकेको छैन । नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण गर्नुपर्ने छ ।
पानीको बहाव बढी हुने भएकाले वर्ष दिनमा चार महीनामात्रै बाँधको काम गर्न सकिन्छ । बाँध र पावर हाउस (विद्युत् गृह) निर्माणको जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएका छन् । भेरी नदीको पानी (भेरीगंगा नगरपालिका–९ चिप्लेबाट भेरीगंगा–१ को हात्तीखाल) बबईमा खसालिने छ ।
आयोजनाबाट बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफल सिँचाइ र हात्तीखालमा ४८ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । मुख्य रुपमा सिँचाइका लागि बनाइएको आयोजनाबाट वार्षिक करीब चार अर्ब चार करोड बराबरको बिजुली उत्पादन हुने अनुमान गरिएको छ । आयोजना सम्पन्न गर्न कुल ३३ अर्ब १९ करोड खर्च हुने अनुमान छ ।
मजदूर पनि अभाव
‘आयोजना छेउछाउका गाउँमा संक्रमण फैलिएपछि स्थानीय मजदूर समेत काममा आयका छैनन् । आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले भने कोरोनाअघि झण्डै १०० भन्दाबढी मजदूर कार्यरत भएपनि कोरोना संक्रमण फैलिएपछि आधा मजदूर मात्रै काममा संलग्न छन् । उनले भने हाल स्थानीय मजदूर काममा फर्कन मान्दैनन्, ‘कोरोनापछि ६० जना मात्रै मजदूर कार्यरत छन् ।