सांसद आशाकुमारीले प्रतिनिधिसभाको शून्य समयमा बोलेको विषयमा चासो नदिएको बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठक अन्तर्गत शून्य समयमा बोल्दै उनले सांसदहरूको ध्यानाकर्षणमा सरकार अप्रिल फुल मनाएर बसेको आरोप लगाइन् ।गत कात्तिकमा गएको बाढी पहिरोले बझाङमा दर्जनौं घरपरिवार पीडित भए पनि सरकारले अहिलेसम्म राहतका लागि कुनै चासो नदिएको बताइन् । ‘मन्त्री र सांसदहरू हेलिकोप्टरमा चढेर निरीक्षण गर्न गए, तर पीडितको अवस्था अहिले पनि उस्तै छ,’ उनले भनिन् ।