दुर्गम गाउँमा ‘होम डेलिभरी’ शून्य

पछिल्लो दुई वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या शून्य छ।

सम्बन्धित सामग्री

हिमपात नहुँदा बझाङका दुर्गम गाउँ भोकमरीको जोखिम

यस वर्ष हिमपात नहुँदा सुदूरपश्चिमका विकट पहाडी जिल्लाहरुमा हिउँदे खेती गर्न नपाएपछि बझाङका दुर्गम गाउँमा भोकमरीको जोखिम बढेको छ । समयमै हिमपात नभएपछि सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउनुहुन्छ । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट होला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ । जिल्लाको लेकाली भेगमा पुसको …

प्रकाशको प्रिमियर तिर्खु गाउँमा

जुम्ला । जुम्लामै छायाङ्कन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ । यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने प्रकाश चलचित्रको प्रिमियर जुम्लामा हुने भएपछि यहाँका स्थानीयवासीले गाउँमै बसेर पहिलो पटक चलचित्र हेर्ने भएका छन् । झण्डै २ घण्टा समयावधि रहेको सो चलचित्र ४५ दिन लगाएर […] The post प्रकाशको प्रिमियर तिर्खु गाउँमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

जुम्लाको दुर्गम डुङ्ग्री गाउँमा निःशुल्क पाठेघरको शिविर : ७३ जनाको परीक्षण

जुम्ला - जुम्लाको दुर्गम गाउँ डुङ्ग्रीमा पाठेघरको निःशुल्क परीक्षण शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरेको हो । तिला गाउँपालिका–५ डुङ्ग्री गाउँमा ४६ घरधुरी रहेका छन् । डुङ्ग्री गाउँ कर्णाली राजमार्गबाट झन्डै ३ घण्टाको उकालो काटेर पुग्न सकिन्छ । पाठेघरको समस्या भएका महिला उपचारबाट वञ्चित थिए । जिल्ला स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व तथा परिवार नियोजन कार्यक्रम संयोजक मोर्चा शाहीका अनुसार शिविरमा ७३ जना महिलाको पाठेघर सम्बन्धी समस्याको परीक्षण गरिएको ...

ठाडाखानी–भेडिखाल्टा हुँदै दुर्गम गाउँ कुईने पुग्यो सडक

म्याग्दी : उत्तरी म्याग्दीको अत्यन्त दुर्गम मानिएको रघुगङ्गा गाउँपालिका–८ कुईने गाउँ  सडक सञ्जालसँग जोडिएको छ। रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने १२ किलोमिटर सडक निर्माण भएर बुधबार उद्घाटन गरिएको छ।गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने कुइने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गरे।ठाडाखा

मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’

मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । नगर प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रबार खानेपानीको उद्घाटन गर्नुभएको हो । नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ । धौले पैंयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निर्मित उक्त खानेपानी गाउँमा झरेपछि स्थानीयहरुको वषौंदेखिको समस्या समाधान भएको छ । नगरप

दुर्गम गाउँ सडक संजालमा जोडिएसँगै बुलका स्थानीय खुसीले फुरुंग

म्याग्दी : हिमाली जिल्ला म्याग्दीको धौलागिरि गाउँपालिका-६ मा पर्ने दुर्गम मराङको बुल गाउँ पहिलोपटक सडक सञ्जालले जोडिएको छ।गाउँमा सडक पुगेपछि स्थानीय वासिन्दाहरु खुसीले फुरुङ्ग भएका छन्। भौगोलिक रुपमा अत्यन्त विकट बुलसम्म सडक सञ्जाल पुगेसँगै मराङका  सबै बस्तीमा सडक संजालको पहुँच पुगेको छ।हालै मात्र मराङको राम्चे–जेवाङ हुँदै बुल गाउँसम्म सडक जोडिएको राम्चे–जेवाङ हुँदै बुल सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद जुग्जालीले बताए।गाउँमा सडक पुगेपछि अप्ठ्यारो पैदलमार्गको प्रयोग

मुगुकाे दुर्गम गाउँ लिउडीमा पहिलाे पटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित

मुगु - छायाँनाथ रारा नगरपालिका-६ काे विकट गाउँ लिउडीमा पहिलो पटक गाडी पुग्दा स्थानीयवासी हर्षित भएका छन् ।  कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलो पटक लिउडीगाउँमा गाडी पुगेको हाे। गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँमा गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन् । छायाँनाथ रारा नगरपालिकाको ६७ लाख रुपैयाँ लगानी र उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर याे सडक निर्माण गरिएको जनाइएको छ । कोटिला मेलवाडा, रन्जनबालै हु...

सडक पुगेपछि गाउँ फर्कने बढे

म्याग्दी : पाँच-वर्ष अघि गाउँमा दुःख भयो भनेर म्याग्दीका ग्रामीण भेगहरुबाट शहर झरेकाहरु गाउँमा सडक पुगेर यातायातका साधनहरु संचालन भएपछि पुनः गाउँमा नै फर्किन थालेका छन्।छोराछोरी पढाउने,व्यापार व्यवसाय गर्ने भनेर सदरमुकाम बेनी लगाएत पोखरा काठमाण्डौं गएका ग्रामीण भेगका व्यक्तिहरु गाउँमा विकासका पूर्वाधारहरु विस्तार भएर जनजीवन सहज बन्दै जान थालेपछि गाउँ फर्किएका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।म्याग्दीको दुर्गम गाउँ मानिने धवलागिरि गाउँपालिका ५ मल्कवाङमा गत वर्ष मोटरबाटो जोडिएर यातायातका साधनहर

दुर्गममा सेवा पुर्‍याउँदै टेलिकम

‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उक्तिलेसमेत चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ ।  सदरमुकाम बेनीदेखि २६ कोष पश्चिममा अवस्थित सो गाउँमा पुरानो भिस्याट प्रविधि प्रतिस्थापन गरी बिहीबारदेखि रेडियो लिङ्कमार्फत थ्रिजी सेवा शुरु गरिएको हो । यसअघि भिस्याटबाट चल्ने टुजी सेवा प्रभावहीन थियो । मोबाइलको भ्वाइस सेवा पनि स्तरीय थिएन । धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँका बासिन्दा भरपर्दो सञ्चार सेवाबाट वञ्चित थिए । नेपाल टेलिकमले रेडियो लिङ्क जडान गरेस...