आँखा खोल्छु र देख्छु
म तपाईं र हामी
ती वृक्ष, फूल र पातहरू
तारा, ग्रह र चन्द्रमा ।
लाग्छ, यो विराटतामा ऊ,
कतै आँखा चिम्म गरेर बसेको छ ।
उसको निम्ती शायद मेरो अस्तित्व शून्य
शायद आराधना, आरती, भक्ति र तपस्या शून्य
शायद मेरा पीर र व्यथाहरू शून्य ।
लाग्छ, मेरा यी साना साना अस्तित्व
उसको विराट शून्यतामा कतै हराएका छन् ।