तीन स्थानीय तहको बेरुजु शून्य

महालेखा परीक्षकको प्रतिवेदनअनुसार प्यूठानका दुई स्थानीय तहको बेरुजु रकम शून्य रहेको छ ।बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्यूठानका मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो ।प्रतिवेदनअनुसार ७५३ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहको बेरुजु शून्य रहेको छ । प्यूठानका दुईसहित ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको बेरुजु शून्य भएको हो […]