काठमाण्डाै - इङ्ल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको छ । कार्डिफमा गएराति भएको खेलमा दक्षिण अफ्रिका विजयी भएसँगै तीन खेलको शृङ्खला एक/एकको बराबरी भएको छ ।
दक्षिण अफ्रिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ओभर ४ बलमा १ सय ४९ रनमा अलआउट भयो । इङ्ल्यान्डका जोनी बेयस्ट्रोले ३० रन बनाए । कप्तान जोस बटलरले २९ तथा मोइन अलिले २८ रन जोडे । दक्षिण अफ्रिकाका ताब्रेज साम्सी र एन्डीलेले समान ३/३ विकेट लिए ।
लुङ्गी एनजिडीले २ तथा कागिसो रबडा र केशव महाराजले समान ...