हायर पर्चेज कर्जा व्यवस्थामा संशोधन,ब्याजदर बढ्यो

उपभोक्ताका लागि अब हायर पर्चेज कर्जाको ब्याजदर बढेको छ । मोटरसाइकल तथा गाडीको फाइनान्सिङ दर १ प्रतिशतले बढेको हो । जुन ब्रान्डको सवारी किन्यो, सोही ब्रान्डको हायर पर्चेज कर्जा दिने कम्पनीबाट फाइनान्सिङ गर्दा हाल कायम रहेकोभन्दा १ प्रतिशत बढी ब्याज तिर्नुपर्ने भएको हो ।

सम्बन्धित सामग्री

आयात, रियल इस्टेट, हायर पर्चेज र मार्जिन कर्जामा कडाकडाई गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानी सीमामा सुधार गर्दै जग्गा प्लटिङ र सेयर धितोलगायतका ऋणमा कडाकडाई गर्ने भएको छ । जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरी कडाइ गर्न लागेको हो ।बिहीबार साँझ चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले यस्तो […]

आयात, रियल इस्टेट, हायर पर्चेज र मार्जिन कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानी सीमामा सुधार गर्दै जग्गा प्लटिङ र सेयर धितोलगायतका ऋणमा कडाइ गर्ने भएको छ । जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरी कडाइ गर्न लागेको हो । बिहीबार साँझ चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । रियलस्टेट र सेयर धितोजस्ता अनुत्पादक क्षेत्रमा ऋण गएको भन्दै राष्ट्र बैंकले जोखिम भार शतप्रतिशतबाट बढाउँदै कडाइ गर्ने संकेत दिएको हो । यद्यपि, यसका लागि राष्...

हायर पर्चेज कर्जाको ब्याजदर बढ्यो, धितोको ८०५ सम्म कर्जा

अब हायर पर्चेज कर्जा दिने कम्पनीबाट कर्जा लिँदा थप १ प्रतिशत ब्याजदर बढ्ने भएको छ । कम्पनीहरूले ऋण तथा सापटी लिएर गरेको लगानीमा बेस रेटबाट ४ प्रतिशत ब्याज थप गर्न पाउने...

हायर पर्चेज कर्जा दिने कम्पनीले सेवा शुल्क लिन नपाउने

१६ माघ, काठमाडौं । हायर पर्चेज कर्जा लगानी गर्ने कम्पनीहरुले व्याजदर बाहेकका कुनै पनि शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० लाई तेस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरको हो । यसअघि यस्ता कम्पनीहरुले प्रोसेसिङ शुल्कका नाममा ०.७५ प्रतिशतदेखि ३ प्रतिशतसम्म […]

हायर पर्चेज कर्जामा नयाँ नियम, किस्ताबन्दीमा गाडी किन्न अब झन् महँगो हुने

नेपाल राष्ट्र बैंकले 'हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०' मा संशोधन गरेको छ। तेस्रो संशोधनमा राष्ट्र बैंकले स्प्रेड दर बढाएको छ ।जस अनुसार अब हयार पर्चेज कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्नेछ। यस अघि यो दर ३ प्रतिशत मात्र थियो । यस संगै अब किस्ताबन्दीमा गाडी खरीद गर्दा महँगो हुने भएको छ । त्यस्तै अब कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यस अघि यो सीमा तोकिएको थिएँन। अब भने नयाँ गाडी खरीद गर्दा न्युनतम २० प्रतिशत रकम सुरु मै तिर्नु पर्ने छ । यस अघि शुन्य प्रतिशत किस्ताबन्दीमा पनि कम्पनीहरुले अफर ल्याएका थिए  ।कम्पनीले एउटै ग्राहक, फर्म, कम्पनी वा समुहलाई प्रदान गर्न सक्ने कर्जाको सीमा अघिल्लो त्रयमासको खुद सम्पत्ति (Networth) को बढीमा ३० प्रतिशतसम्म कायम गरिएको छ ।त्यस्तै हायर पर्चेज कर्जा दिने कम्पनीको न्यूनतम चुक्ता पुँजी (साधारण शेयर) रु. ३० करोड हुनुपर्ने ब्यबस्था गरिएको छ।

नेपाल एसबिआई बैंक र सिप्रदी बीच हायर पर्चेज कर्जा सम्वन्धी सम्झौता

भदौ ११, काठमाडौं । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ बीच सिप्रदीका ग्राहकहरुलाई टाटा गाडीको खरीदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदीका विक्री तथा प्रबर्द्धन महाप्रबन्धक अनुप मनि ढकालले हस्ताक्षर गरेका छन्  ।  बैंकले ८८ ओटा शाखा, १९ ओटा एक्सटेन्सन काउन्टर, सात ओटा प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ ओटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

टाटा गाडीको खरिद गर्ने ग्राहकलाई नेपाल एसबिआई बैंकले दिनेछ हायर पर्चेज कर्जा

काठमाडौं । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सवारी खरिद कर्जा सम्बन्धी सम्झौता भएको छ ।सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने छ ।उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य तथा सिप्रदी ट्रेडिङ्गका बिक्री तथा प्रवर्धनका प्रमुख अनुपम ढकालले हस्ताक्षर गरेका छन् ।

हायर पर्चेज कर्जाको स्प्रेड दर बढाउन माग

काठमाडौं । हायर पर्चेज कर्जा दिने कम्पनीहरूले लगानीमा स्प्रेड दर बढाउन माग गरेका छन् । स्प्रेड दरसम्बन्धी अहिलेको व्यवस्थाले सञ्चालन खर्च धान्न कठिन भएको भन्दै यस्ता कम्पनीले नीतिगत व्यवस्था संशोधनका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका हुन् । बैंक तथा वित्तीय संस्थामा पहुँच नभएकाहरूलाई ऋण लगानी गर्दै आएका हायर पर्चेज कर्जा दिने कम्पनीले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत यस्तो संशोधनको माग गरेका हुन् । राष्ट्र बैंकले यस्ता कम्पनीलाई स्वीकृति दिने प्रक्रियागत व्यवस्थामा ऋण र लगानीबीचको ब्याजदरको अन्तर ३ प्रतिशतभन्दा बढी नहुने प्रावधान राखेको छ । हायर पर्चेज कम्पनीले न्यून आय भएकालाई कर्जा लगानी गर्दै आएका छन् । यस्तो लगानीमा जोखिम बढी हुने र तोकिएको स्प्रेड दरको आयले सञ्चालन खर्च धान्न कठिन भएको ओम्नी प्रालिका सञ्चालक राजेन्द्र काबराले बताए । हायर पर्चेज कम्पनीले वाणिज्य बैंकहरूबाट कर्जा लिएर लगानी गर्छन् । यस्ता १० ओटा कम्पनीले ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको अनुमान सञ्चालकहरूको छ । ‘कर्जा दिइएका सवारी र उपकरण नै धितोका रूपमा रहने भएकाले यस्तो लगानीमा उच्च जोखिम हुन्छ,’ काबराले आर्थिक अभियानसित भने, ‘कर्जा परिचालन र असुलीमा खर्च पनि बढी हुने भएकाले स्प्रेड दर बढाउनुपर्छ भन्ने हाम्रो आग्रह हो ।’ शुरूमा ३ दशमलव ५ प्रतिशत रहेको स्प्रेडलाई राष्ट्र बैंकले २०७५ सालमा ३ प्रतिशतमा झारिदिएको थियो । बैंक तथा वित्तीय संस्थाको पहुँचबाहिर रहेका साना र मझौला ग्राहकलाई कर्जा प्रवाह गरिने भएकाले यस्तोमा अनुगमन र असुलीको खर्च बढी हुने एमएडब्ल्यू इन्भेस्टमेन्ट प्रालिका सञ्चालक विष्णु अग्रवालले बताए । यस्तो लगानी बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा सानो आकारको हुने भएकाले व्यवस्थापन खर्च बढी हुने दाबी सञ्चालकहरूले गरे । हायर पर्चेज कर्जामा स्प्रेड दर तोक्न नहुने तर्क सञ्चालक काबराको छ । ‘स्प्रेड दरलाई खुला छोडिदिनुपर्छ । बजारले तय गर्ने ब्याजदरमा विकल्प छनोट गर्न ऋणी स्वतन्त्र रहन्छ,’ उनले भने । ठूलो आकारमा लगानी गर्ने र सेवा शुल्क तथा कमिशनबापत आम्दानी गर्ने बैंक तथा वित्तीय संस्थाभन्दा सानो लगानीमा बढी जोखिम लिने हायर पर्चेजमा कम स्प्रेड दर तोकिनु अव्यावहारिक भएको गुनासो सञ्चालकहरूको छ । राष्ट्र बैंकले हायर पर्चेज कम्पनीप्रति नीतिगत विभेद गरेको आरोप उनीहरूले लगाए । स्प्रेड दर तोक्नैपर्ने भए कम्तीमा ६ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकलाई बुझाएको सुझावपत्रमा कम्पनीहरूले उल्लेख गरेका छन् । यस्तो कर्जामा ब्याजबाहेक न्यूनतम सेवा शुल्क लिन पाउने गरी प्रक्रिया संशोधन हुनुपर्ने माग ओम्नी प्रलिका सञ्चालक सन्दीप मोहताको छ । १० लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाहमा अनिवार्य रूपमा कर्जा सूचना लिनुपर्ने व्यवस्था कार्यान्वयन हुनुपर्ने पनि सञ्चालक मोहताले बताए । यो प्रावधान कार्यान्वयन नहुँदा कर्जामा जोखिम बढेको पनि पत्रमा उल्लेख छ । कर्जा दुरुपयोग गर्ने र शर्तबमोजिम ऋण नबुझाउनेलाई कालोसूचीमा राख्न सकिने व्यवस्था मिलाउन आग्रह गरिएको छ । लगानी सुरक्षाका लागि कर्जा दिइएको सवारीसाधन, उपकरण र औजारबाहेक थप चलअचल सम्पत्ति धितो लिन पाउने गरी प्रक्रिया संशोधन हुनुपर्ने उनीहरूको आग्रह छ ।

हायर पर्चेज कर्जामा कानूनी व्यवस्था

सामान खरीद विक्रीमा नगद वा उधारोमा लिने दिने प्रचलन छ । हायर पर्चेज उधारोमा खरीद विक्री गरिने कारोबारमध्ये सामानको मूल्य किस्ताबन्दी नगद वा अन्य कुनै तरीका जस्तै विनिमय (चेक) लगायत विद्युतीय माध्यमबाट भुक्तानी गरी खरीद गर्न सक्ने व्यवस्था हो । हायर पर्चेज मुख्यतया चल सामान खरीद विक्री गर्दा खरीदकर्ता तथा विक्रेताबीच करार गरिन्छ । उक्त करारमा खरीदकर्ताले विक्रेतालाई शर्तबमोजिम किस्ताकिस्तामा सामानको मूल्य तिर्दै जाने र अन्तिम किस्ता भुक्तानी भएमा सामानको स्वामित्व खरीदकर्तामा हस्तान्तरण गर्ने गरिन्छ । हायर पर्चेजका कानुनी व्यवस्था मुलुकी देवानी संहितामा रहेको छ । संहिताअनुसार शर्तमा कसैले कुनै वस्तु कुनै व्यक्तिलाई भाडामा दिएकोमा हायर पर्चेज करार भएको मानिएको छ । यस करारमा वस्तु (चल सम्पतीका) धनीले कुनै व्यक्तिलाई आवधिक रूपमा किस्ताबन्दीमा रकम भुक्तानी गर्नेगरी भाडामा दिएको वस्तुमा भाडामा लिने व्यक्तिको भोगचलनको अधिकार हुने कुरा, शर्तबमोजिम भाडामा दिएको वस्तु भाडामा लिने व्यक्तिले खरीद गर्न सक्ने कुरा, अन्तिम किस्ताबन्दी रकम भुक्तानी गरेपछि त्यस्तो वस्तुको स्वामित्व भाडामा लिने व्यक्तिलाई हस्तान्तरण हुने कुरा उल्लेख गर्र्नुपर्ने व्यवस्था छ (मुलुकी देवानी संहिताको दफा ६२४) । हायर पर्चेज कर्जामा सवारी साधन बैंक वा वित्तीय संस्थामा धितोका रूपमा रहन्छ भने स्वामित्व र कव्जा कर्जा लिनेसँग रहन्छ । यस कर्जामा सवारी साधनकोे मूल्य बैंक वा वित्तीय संस्थाले विक्रेता व्यक्ति वा संस्थालाई भुक्तानी गरी खरीद गर्नेगरी करार लिखत गरिन्छ । त्यस्तै करारमा हुन पर्ने अन्य कुराहरूमा वस्तु (सामानको) विवरण, वस्तुको हायर पर्चेज मूल्य, वस्तुको नगदी मूल्य, करार प्रारम्भ भएको मानिने मिति, भाडामा लिने व्यक्तिले वस्तुको धनीलाई भुक्तानी गर्नुपर्ने किस्ताबन्दी रकम र त्यसको सङ्ख्या, प्रत्येक किस्ताबन्दी रकम बुझाउनुपर्ने मिति तथा भुक्तानी गर्नुपर्ने तरिका, रकम भुक्तानी गर्नुपर्ने व्यक्ति र ठाउँ उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ ।(मुलुकी देवानी संहिताको दफा ६२५) मुलुकी देवानी संहितामा उल्लेखित केहप् व्यवस्था पर्चेजको प्रचलित मान्यता र सिद्धान्त मेल नखाने देखिन्छ । हायर पर्चेज मुख्यतया कुनै सामानको रकम तत्काल भूक्तानी नगरी किस्ता किस्तामा भुक्तानी गर्नेगरी सामान खरीद गर्ने प्रकृया हो । सामान भाडामा लिने विषयवस्तु यसमा देखिँदैन । मुलुकी देवानी संहिता उल्लेखित भाडामा लिने भन्ने शव्दको सट्टा हायर पर्चेजमा खरीद गरिको सामान वा वस्तु भन्ने उल्लेख हुनु पर्छ । हायर पर्चेज जुनसुकै चल सामान खरीद विक्रीमा हुन सक्ने भएता पनि यसको प्रचलन मूख्यतया सवारी साधन (मोटर साइकल, गाडीहरूमा) वढी रहेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज कर्जा अन्तर्गत कर्जा दिने गरेको पाइन्छ । बैंक तथा वित्तीय संस्थासँग हायर पर्चेज कर्जामा सवारी खरीद गर्न सकिन्छ । यसलाई हाइफोथिकेशन कर्जाका रूपमा पनि लिने गरिन्छ । कुनै व्यक्तिले मोटरसाइकल वा कार खरीद गर्दा बैंक वा वित्तीय संस्थासँग कर्जा लिन्छ भने हाइफोथिकेशन वा हायर पर्चेजमा पर्न आउँछ । यस प्रकारको कर्जामा सवारी साधन बैंक वा वित्तीय संस्थामा धितोका रूपमा रहन्छ भने स्वामित्व र कव्जा कर्जा लिनेसंग रहन्छ । यस कर्जामा सवारी साधनकोे मूल्य बैंक वा वित्तीय संस्थाले विक्रेता व्यक्ति वा संस्थालाई भुक्तानी गरी खरीद गर्नेगरी करार लिखत गरिन्छ । कर्जा लिखतमा खरीदकर्ता अर्थात् ऋणीले किस्ताकिस्तामा करारमा तोकेको अवधिभित्र कर्जाको साँवाब्याज चुक्ता गर्दै जानुपर्छ । अन्तिम किस्ता चुक्ता भएपछि सवारीसाधनको पूर्ण स्वामित्व ऋणीमा हस्तान्तरण गरिने व्यवस्था रहन्छ । ऋणीले चाहेमा बैंक वा वित्तीय संस्थाको सहमतिमा सवारीसाधन अन्य व्यक्तिलाई विक्री गर्नेगरी तिर्न बाँकी कर्जा बैंक वा वित्तीय संस्थालाई तिर्नेगरी कर्जा हस्तान्तरण गर्न पनि सक्छ । यसरी कर्जा हस्तान्तरण गर्दा बाँकी किस्ता रकम नयाँ खरीदकर्ताले बुझाउँदै अन्तिम किस्ताचुक्ता भएमा नयाँ खरीदकर्ताको नाममा सवारीसाधन नामसारी गरिन्छ । मुलुकी देवानी संहितामा हायर पर्चेज कर्जासम्बन्धी व्यवस्था छैन । तर पनि बैंक तथा वित्तीय संस्थासँग कर्जा लिँदा हायर पर्चेज कर्जाअन्तर्गत सवारीसाधन सुरक्षण स्वरूप धितो राख्न सक्छ । कर्जा सुरक्षण स्वरूप धितो वा धरौट राख्न सक्ने व्यवस्था नभएको होइन । मुलुकी देवानी संंहिता दफा ५८५.(१) मा कुनै व्यक्तिले कसैलाई ऋण दिँदा त्यस्तो ऋणको सुरक्षणबापत धितो लिएकोमा धितोसम्बन्धी करार र कसैले कुनै व्यक्तिलाई कुनै काम गराउँदा त्यस्तो काम पूरा गर्ने जमानतका लागि कुनै वस्तु धरौट लिएकोमा धरौटसम्बन्धी करार भएको मानिने व्यवस्था छ । उक्त संहिताको दफा ५८६.(१) ले करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन ऋणका लागि धितो राखिएको हो उक्त ऋण चुक्ता भएपछि वा जुन कामका लागि धरौट लिएको हो त्यो काम सम्पन्न भएपछि त्यस्तो धितो वा धरौट उक्त धितो वा धरौट राख्ने व्यक्तिलाई फिर्ता गर्नुपर्ने व्यवस्था छ । हायर पर्चेज कर्जामा कर्जा सुरक्षणबापत धितो वा धरौटीसम्बन्धी मुलुकी देवानी संहितामा भएका व्यवस्थाले केही मद्दत गर्न सक्छ । हायर पर्चेज कर्जासम्बन्धी विशेष कानूनी व्यवस्था नरहे तापनि प्रचलित करारसम्बन्धी कानूनी व्यवस्थाका आधारमा बैंक तथा वित्तीय संस्थाले वा सहकारीले हायर पर्चेज कर्जा दिने गरेका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ४९(१) मा बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज कर्जा दिन सक्ने व्यवस्था छ । तर, उक्त कर्जा करारसँग सम्बद्ध भएकाले मुलुकी देवानी संहितामा हायर पर्चेज करारसम्बन्धी व्यवस्था हुनुपर्ने देखिएको छ । त्यस्तै सहकारीले पनि हायर पर्चेज कर्जा दिने गरेको छ । यसबारे सहकारी ऐन २०७४ मा कुनै व्यवस्था छैन । मुलुकी देवानी संहितामा भएको हायर पर्चेजसम्बन्धी व्यवस्था चल सामान उधारोमा खरीद विक्री गरिने र खरीदकर्ताले सामानको भोग एवम् कब्जा आफ्नोमा रहने गरी रकम किस्ताकिस्तामा भुक्तानी गर्दै अन्तिम किस्ता भुक्तानी भएपछि सामानको पूर्ण स्वामित्व खरीदकर्तामा हस्तान्तरण हुने हुँदा उक्त देवानी संहिताले हायर पर्चेज कर्जासँग सम्बद्ध देखिँदैन । देवानी संहितामा नै हायर पर्चेजमा सामान खरीद विक्री गर्दा कुनै बैंक तथा संस्था, सहकारी वा साहूसँग कर्जा लिन दिन सक्ने कर्जा दिने दिनेको दायित्वसम्बन्धी व्यवस्था हुन सकेमा यसले सर्वसाधारण र कर्जा दिनेबीच कानूनी व्यवस्थाबाट लेनदेन गर्ने दुवैमा संरक्षणको वातावरण सृजना हुन्छ । हायर पर्चेज कर्जा कानूनी व्यवस्था भएमा हायर पर्चेज कर्जा लिई सामान लिने व्यक्तिले हायर पर्चेज करारबमोजिम आफूले लिएको सामानउपरको हक, हित वा दायित्व र त्यस्तो करारअन्तर्गत निजले प्राप्त गर्न सक्ने अन्य कुनै हक, हित वा दायित्व त्यस्तो कर्जा दिने बैंक वा वित्तीय संस्थाको स्वीकृति प्राप्त गरी अर्को कुनै व्यक्तिलाई हस्तान्तरण गर्न सक्ने कानूनी अधिकारप्राप्त हुने देखिन्छ । कुनै कारणले कर्जा तिर्न नसकेमा कर्जामा लिएको सामान अन्य व्यक्तिबाट तिर्नेगरी हक हस्तान्तरण गर्न सक्ने कानूनी व्यवस्थाबाट कर्जा असुलीमा पनि सहज वातावरण सृजना हुन सक्छ । लेखक अधिवक्ता हुन् ।