भदौ ११, काठमाडौं । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ बीच सिप्रदीका ग्राहकहरुलाई टाटा गाडीको खरीदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदीका विक्री तथा प्रबर्द्धन महाप्रबन्धक अनुप मनि ढकालले हस्ताक्षर गरेका छन् ।
बैंकले ८८ ओटा शाखा, १९ ओटा एक्सटेन्सन काउन्टर, सात ओटा प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ ओटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।