प्रभु इन्स्योरेन्सको १० प्रतिशत बोनस नेप्सेमा सूचीकृत

३१ असार, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस नेप्सेमा सूचीकृत भएको छ । चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको २५ औं वाषिर्क साधारण सभाले उक्त बोनस पारित गरेको थियो । इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि […]

सम्बन्धित सामग्री

तीन कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर आइतवार (आज) सूचीकृत भएको छ । नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट्स र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको कुल १ करोड २२ लाख ६२ हजार ८४३ दशमलव ३७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यी तीनओटै कम्पनीका शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।   नेपाल इन्स्योरेन्सको १४ लाख ९४ हजार ७६६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस कम्पनीले पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।  त्यस्तै शिवम सिमेन्ट्सको ६२ लाख ७० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४४ लाख ९८ हजार ७७ दशमलव ३७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले मङ्सिर ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

६ बीमा कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत बीमा कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । सूचीकृत जीवन र निर्जीवन बीमा गरी कुल २४ कम्पनीमध्ये हालसम्म ६ बीमा कम्पनीले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । बैंक, वित्तीय कम्पनीहरूको तुलनामा बीमा कम्पनीहरूले ढिला लाभांश घोषणा गर्ने गरेका छन् । लाभांश घोषणा गरेका ६ कम्पनीहरूमध्ये २ जीवन बीमा र अरू निर्जीवन बीमा कम्पनी रहेका छन् ।  जीवन बीमा कम्पनीहरूको बीमाङ्कीय मूल्याङ्कन (एक्चुरीयल भ्यालुएशन) को कार्य ढिला हुने भएकाले बोनसदर, लाभांश घोषणा र साधारणसभा प्रक्रिया १ वर्ष ढिलो हुने गर्छ । लाभांश घोषणा गर्नेमा रिलायबल नेपाल लाइफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले साधारणसभाबाट लाभांश पारित गरिसकेको छ । गतवर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांशदर बढेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश दिएको थियो भने गत आवको मुनाफाबाट यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।  त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि गतवर्षको तुलनामा यस वर्ष लाभांशदर बढाएको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट कुल २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १४ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत आवको मुनाफाबाट ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र करसहित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २५ गते साधारणसभा बोलाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश भने गतवर्षको तुलनामा यस वर्ष घटेको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश दिएकोमा गत आवको मुनाफाबाट ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आवको लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन ३ गते साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले भने पहिलोपटक लाभांश वितरण गर्न लागेका हुन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २९ मा साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ १४ गते साधारणसभा बोलाएको छ ।  युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट कारोबार शुरू गरेका छन् । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएको छ । गत आवमा आर्थिक मन्दीका कारण कम्पनीहरूको नाफा प्रभावित भएको छ ।

सामुदायिक लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको १९ लाख ६० हजार कित्ता र सामुदायिक  लघुवित्तको १ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।  सामुदायिक लघुवित्तले असार २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशलमव ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

एकै दिन बजारमा थपियो ५७ लाख ८६ हजारभन्दा बढी शेयर

काठमाडौं । आइतवार पाँच कम्पनीको बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको ८ दशमलव ५३ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत, लक्ष्मी लघुवित्तको १५ प्रतिशत, इन्फिनिटी लघुवित्तको २० प्रतिशत र सबैको लघुवित्तको १८ प्रतिशत बोनस शेयरबापतको कुल ५७ लाख ८६ हजार ९४२ दशमलव ४६७ कित्ता शेयर सूचीकृत भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकले चैत १७ गते, एनएलजी इन्स्योरेन्सले चैत २० गते, लक्ष्मी लघुवित्तले फागुन २९ गते, इन्फिनिटी लघुवित्तले फागुन १३ गते र सबैको लघुवित्तले फागुन २६ गते वार्षिक साधारण सभामार्फत पारित बोनस शेयर कारोबारयोग्य बनाएका हुन् ।  सोमवारदेखि कारोबारयोग्य हुने शेयरको सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । यस वर्ष बोनस शेयर कर प्रयोजनका लागि सबैको लघुवित्तले शून्य दशमलव ९५ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकले शून्य दशमलव ४५ प्रतिशत, एनएलजी इन्स्योरेन्सले शून्य दशमलव ५३ प्रतिशत र लक्ष्मी लघुवित्तले करसमेत ५ प्रतिशत नगद लाभांशसमेत यस वर्ष वितरण गरेका छन् ।

चार कम्पनीको बोनस शेयर सूचीकृत, कुन-कुन कम्पनीको भयो ?

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रिमियर इन्स्योरेन्स,नेपाल इन्स्योरेन्स,मेरो माइक्रोफाइनान्स लघुवित्त र सोल्टी होटलको बोनस शेयर सूचीकृत भएको हो ।  प्रिमियर इन्स्योरेन्स कम्पनीको १७ लाख ४९ हजार ४५१ कित्ता बोनस शेयर,नेपाल इन्स्योरेन्सको ११ लाख ५७ हजार ६९६ कित्ता, मेरो माइक्रोफाइनान्सको १२ लाख कित्ता र सोल्टी होटलको ४२ लाख १३ हजार ५३३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी चार ओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।  प्रिमियर इन्स्योरेन्सले पुस २९ गते समपन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै दोस्रोमा नेपाल इन्स्योरेन्सले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर, मेरो माइक्रोफाइनान्सले माघ ६ गते समपन्न १० प्रतिशत बोनस शेयर र सोल्टी होटलले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

ज्योति लाइफ इन्स्योरेन्सको १०% बोनस शेयर सूचीकृत

जेठ ४, काठमाडौं । बुधवार नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले गत फागुन ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

मंगलवार जीवन बीमा समूहको मात्र परिसूचक बढ्यो, ८१ करोडभन्दा बढीको शेयर खरीदविक्री

माघ ११, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ५ दशमलव ५९ अंक घट्दा कारोबारमा आएका समूहमध्ये जीवन बीमा समूहको मात्र परिसूचक बढेको छ ।  यस दिन जीवन बीमा समूहको परिसूचक शू्न्य दशमलव ४४ प्रतिशत बढेको हो । पूँजी वृद्धिलाई जोड दिएको यो समूह अन्तर्गतका कम्पनीहरुमध्ये धेरैले लाभांश प्रस्ताव गर्न बाँकी छ । बीमा समितिले यस वर्ष बीमा कम्पनीहरुलाई कर वाहेक नगद लाभांश वितरणमा रोक लगाएको छ ।  यतिबेला सूचीकृत कम्पनीहरुमध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक साधारण सभा गरिसकेका छन् । विमांकिय मूल्याङ्कनका कारण एक वर्ष वार्षिक साधारण सभा ढिलो हुदैं आएका जीवन बीमा कम्पनीहरुमध्ये भने धेरैले वार्षिक साधारण सभा गर्न बाँकी छ । नगद लाभांशमा रोक लगाएका कारण आकर्षक बोनस शेयर दिने अपेक्षा लगानीकर्ताहरुले जीवन बीमा कम्पनीहरुसँग गरेको देखिन्छ ।  मंगलवार बजारको कुल कारोबार रकममा जीवन बीमा समूहको मात्र १५ दशमलव १० प्रतिशत हिस्सा रहेको छ । यस दिन रू. ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार बराबरको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर कारोबार भएकोमा जीवन बीमा समूहको रू. ८१ करोड ४८ लाख ९७ हजार बराबरको ७ लाख ६४ हजार ३२५ कित्ता शेयर कारोबार भएको हो । यस दिन सर्वाधिक कारोबार पनि जीवन बीमा समूह अन्तर्गतकै कम्पनीको भएको छ । एशियन लाईफ इन्स्योरेन्सको मंगलवार सर्वाधिक रू. २६ करोड ९४ लाख ५१ हजार बराबरको २ लाख २ हजार ७५८ कित्ता शेयर कारोबार भएको हो ।  हालसम्म लाभांश प्रस्ताव गरेका जीवन बीमा कम्पनीहरुमध्य यस वर्ष एशियन लाईफले सर्वाधिक २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट कम्पनीले २५ प्रतिशत बोनस शेयर र करसमेत २ प्रतिशत नगद लाभांश गरी २७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो ।  उक्त लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले माघ २१ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ ।उक्त सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते एक दिन बुक क्लोज गर्ने भएकाले माघ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन् । कम्पनीको आकर्षक लाभांशप्रति कम्पनीको कारोबार रकम हेर्दा लगानीकर्ताहरु आकर्षित भएको देखिन्छ ।

अपि पावर र एनएलजी इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

कात्तिक २९, काठमाडौं । अपि पावर लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सोमवार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । अपि पावरले १० दशमलव ५० प्रतिशत बोनस शेयर बापतको २६ लाख २१ हजार ५९४ कित्ता र एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर बापतको १० लाख ९६ हजार ३७५ दशमलव ५० कित्ता शेयर सूचीकृत गराएको हो । सूचीकृत उक्त शेयर मंगलवारदेखि कारोबार योग्य भएपनि सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

नेप्सेमा ५ ओटा कम्पनीको बोनस शेयर सूचीकृत

साउन २२, काठमाडौं । पाँच ओटा अलग अलग कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा शुक्रवार सूचीकृत भएको छ ।  नाडेप लघुवित्त वित्तीय संस्था,प्रुडेन्सियल इन्स्योरेन्स, मिथिला लघुवित्त वित्तीय संस्था ,फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र रिलायन्स फाइनान्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।  नाडेप लघुवित्तको ३ लाख ६८ हजार, प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख २१ हजार १४५ दशमलव ६० कित्ता,मिथिला लघुवित्तको १ लाख ४६ हजार ८९ दशमलव ०१ कित्ता,फरवार्ड लघुवित्तको १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता र रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार ४१६ दशमलव शून्य ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  ती पाँच ओटै कम्पनीको बोनस शेयर आइतवारदेखि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । नाडेप लघुवित्तले गत वर्षको असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  त्यसैगरी प्रुडेन्सियल इन्स्योरेन्सले जेठ २ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ८ प्रतिशत बोनस शेयर,फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले गत फागुन २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर र रिलायन्स फाइनान्सले वैशाख २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रभु इन्स्योरेन्सको १०% बोनस शेयर हितग्राही खातामा जम्मा

साउन ४, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको १० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।  कम्पनीले जेठ ६ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर वैशाख २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । त्यस पश्चात शेयर अभौतिकीकरण गराउनेहरुको हकमा पनि क्रमशः हितग्राही खातामै बोनस शेयर वितरण गर्ने जानकारी कम्पनीले गराएको छ ।  कम्पनीले उक्त बोनस शेयर साउन १ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो । साउन ३ गते आइतवारदेखि कारोबारयोग्य भएको यो शेयर सम्बन्धीत शेयरधनीहरुले हितग्राही खातामा जम्मा भएपछि अब भने कारोबार गर्न सक्नेछन् ।  कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीहरुले शेयर रजिष्ट्रार कार्यालय वा आफुलाई पायक पर्ने प्रभु बैंकको शाखा कार्यालय वा अन्य कुनै निक्षेप सदयहरु मार्फत हितग्राही खाता खोली डिम्याट गरी बोनस शेयर आफ्नो हितग्राही खातामा प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।