६ बीमा कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत बीमा कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । सूचीकृत जीवन र निर्जीवन बीमा गरी कुल २४ कम्पनीमध्ये हालसम्म ६ बीमा कम्पनीले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । बैंक, वित्तीय कम्पनीहरूको तुलनामा बीमा कम्पनीहरूले ढिला लाभांश घोषणा गर्ने गरेका छन् । लाभांश घोषणा गरेका ६ कम्पनीहरूमध्ये २ जीवन बीमा र अरू निर्जीवन बीमा कम्पनी रहेका छन् ।  जीवन बीमा कम्पनीहरूको बीमाङ्कीय मूल्याङ्कन (एक्चुरीयल भ्यालुएशन) को कार्य ढिला हुने भएकाले बोनसदर, लाभांश घोषणा र साधारणसभा प्रक्रिया १ वर्ष ढिलो हुने गर्छ । लाभांश घोषणा गर्नेमा रिलायबल नेपाल लाइफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले साधारणसभाबाट लाभांश पारित गरिसकेको छ । गतवर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांशदर बढेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश दिएको थियो भने गत आवको मुनाफाबाट यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।  त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि गतवर्षको तुलनामा यस वर्ष लाभांशदर बढाएको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट कुल २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १४ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत आवको मुनाफाबाट ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र करसहित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २५ गते साधारणसभा बोलाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश भने गतवर्षको तुलनामा यस वर्ष घटेको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश दिएकोमा गत आवको मुनाफाबाट ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आवको लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन ३ गते साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले भने पहिलोपटक लाभांश वितरण गर्न लागेका हुन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २९ मा साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ १४ गते साधारणसभा बोलाएको छ ।  युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट कारोबार शुरू गरेका छन् । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएको छ । गत आवमा आर्थिक मन्दीका कारण कम्पनीहरूको नाफा प्रभावित भएको छ । 

सम्बन्धित सामग्री

नेपाल पुनर्बिमाद्वारा लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश दिने घोषणा गरेको हो । बैठकले उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउने जनाएको हो । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम रहेका चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर […]

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रु १,३७,८९,९५,८०६।- को ८ प्रतिशतका दरले हुने वोनश शेयर रु ११,०३,१९,६६४।- ( एघार करोड तीन लाख उन्नाईस हजार छ सय चौसट्ठी मात्र) र नगद लाभांश ( वोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ ) ०.४२११ प्रतिशतले हुने रु ५८,०६,२९८।-( अन्ठाउन्न लाख छ हजार दुई सय अन्ठान्नब्बे मात्र) वितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

यी ४ अवस्थामा बीमा कम्पनीले लाभांश घोषणा तथा बितरण गर्न नपाउने

बीमा कम्पनीहरुले विभिन्न ४ अवस्थामा शेयरधनीलाई लाभांश वितरण गर्न नपाउने भएका छन् । बीमा ऐन २०७९ ले बीमा कम्पनीलाई लाभांश बितरणमा शर्त तोकेको हो ।ऐनमा उल्लेख भए अनुसार  देहायको अवस्थामा बीमकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गर्न र वितरण गर्न पाउने छैन। (क) आफ्नो सम्पूर्ण प्रारम्भिक खर्च, अघिल्लो आर्थिक वर्षसम्मको नोक्सानी यस ऐन तथा प्राधिकरणले निर्धारण गरे बमोजिम जोखिम व्यहोर्न कायम गर्नुपर्ने कोष वा जगेडा कोषको व्यवस्था नगरेसम्म, (ख) बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पूरा नगरेसम्म, (ग) प्राधिकरणले तोके बमोजिम कम्पनीको सम्पत्ति र दायित्वको अनुपात कायम नभएसम्म  (घ) सर्वसाधारणलाई छुट्याइएको शेयर वितरण गरी पूर्ण रुपमा चुक्ता पूँजी भुक्तानी नभएसम्म। प्रचलित कानून बमोजिम बीमकले लाभांश घोषणा गर्नु अघि तोकिए बमोजिम प्राधिकरणको स्वीकृति लिनु पर्नेछ। राष्ट्रपतिले २०७९/६/२३ गते बीमा समबन्धि कानुनलाई समशोधना र एकिकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । विधेयक प्रमाणीकरण भएसँगै विधेयकले ऐनको रुपमा लिएको हो । यद्यपि ऐन भने प्रमाणीकरण भएको मितिबाट ३१ औ दिन देखि मात्र लागु हुने छ । बीमा ऐन २०७९ ले बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई समस्याग्रस्त घोषणा गर्न सक्ने ब्यबस्था पनि गरेको छ।विभिन्न १३ वटा अवस्थामा आएमा प्राधिकरणले बीमा कम्पनीहरुलाई समस्याग्रस्त घोषणा  गर्न सक्ने ब्यबस्था ऐनले गरेको छ । ति १३ अवस्था निम्न अनुसार छन् । (क) बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पूँजी तथा पूँजीकोष कायम गर्न नसकेमा,(ख) बीमकको कूल सम्पत्ति र दायित्वको अनुपात (सल्भेन्सी मार्जिन) कायम नभएमा,(ग) बीमकको संस्थापक शेयरधनीले ठगी, सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी, मानव बेचबिखन गरी बीमा कम्पनी स्थापना गरेको प्रमाणित भएमा,(घ) जालसाजी, किर्ते, वा झुट्टा विवरण दिई वा गलत लिखत तयार गरी वा पेश गरी बीमा कम्पनी स्थापना गरेको वा इजाजतपत्रप्राप्त गरेको प्रमाणित भएमा,(ङ) बीमित, शेयरधनी, बीमकका साहू वा सर्वसाधारणको हित प्रतिकूल हुनेगरी पटक पटक कार्य गरेमा,(च) बीमकलाई अर्को बीमकमा गाभिन प्राधिकरणबाट निर्देशन भएकोमा त्यस्तो निर्देशनको पालना नभएमा,(छ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, प्रचलित कानून, इजाजतपत्र जारी गर्दाका बखत उल्लिखित शर्त वा प्राधिकरणबाट जारी भएका निर्देशन वा आदेश पटक पटक उल्लङ्घन भएमा,(ज) बीमकबाट बीमा जालसाजी (इन्स्योरेन्स फ्रड) भएमा,(झ) प्राधिकरणबाट भएको नियमन, निरीक्षण, अनुगमन वा लेखापरीक्षकको प्रतिवेदन वा बीमाङ्कीको प्रतिवेदनबाट कुनै बीमकले आफ्नो दायित्व बहन गर्न नसक्ने देखिएमा वा नसक्ने सम्भावना भएमा,(ञ) दफा १०५ को उपदफा (३) बमोजिमको अवस्थाको जानकारी गराएमा,(ट) बीमकको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा सञ्चालकहरु बीच विवाद उत्पन्न भई बीमा व्यवसाय सुचारु रुपमा सञ्चालन हुन नसक्ने देखिएमा,(ठ) प्राधिकरणबाट बीमकले गर्दै आएको बीमा व्यवसायमा पूर्ण वा आंशिक रोक लगाउँदा दिइएको निर्देशन बमोजिम तोकिएको अवधिभित्र सुधार गरेको प्रमाण पेश नगरेमा,(ड) बीमकले पूरा गर्नुपर्ने दायित्व पटक पटक पूरा नगरेमा ।प्राधिकरणले बीमा कम्पनीलाई समस्याग्रस्त घोषणा गर्नु अगाडी अघि प्राधिकरणले त्यस्तो बीमकका रुपमा घोषणा गर्नु नपर्ने कुनै कारण भए सोको प्रमाण सहित आफ्नो स्पष्टीकरण पेश गर्न पन्ध्र दिनको सूचना सम्बन्धित बीमकलाई दिनु पर्नेछ ।तोकिएको अवाधिमा स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण सन्तोषजनक र विश्वसनीय भएको नदेखिएमा प्राधिकरणले उक्त बीमकलाई समस्याग्रस्त बीमकको रुपमा घोषणा गरी त्यसको सूचना कम्तीमा दुईवटा राष्ट्रिय दैनिक पत्रिका र प्राधिकरणको वेबसाइट मार्फत सार्वजनिक गर्ने ब्यबस्था ऐनले गरेको छ । ऐनमा समस्याग्रस्त भएका कम्पनीको सुधारका उपायहरु पनि उल्लेख छ  ।

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२  प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।कम्पनीको उक्त प्रस्ताव बीमा समिति र नेपाल सरकारले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो।हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ।

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद गरि कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रु १,२४,२३,३८,५६४।- को ११ प्रतिशतका दरले हुने वोनश शेयर रु १३,६६,५७,२४२।- (तेह करोड छैसट्टि लाख सन्ताउन्न हजार दुई सय बयालिस मात्र) र नगद लाभांश (वोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ) ०.५७८९ प्रतिशतले हुने रु ७१,९२,४८६।- (एकहत्तर लाख बयानब्बे हजार चार सय छयासी मात्र ) वितरण गर्ने निर्णय गरेको हो ।कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्स NLG Insurance Company ले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३  प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।  कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ रहेको छ  ।

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  ले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।  कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रहेको छ  ।

एनएलजी इन्स्योरेन्स कम्पनीद्वारा लाभांश घोषणा

एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ १७ गते जुममार्फत बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।जसअनुसार कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर तथा ०.५२६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको छ । सेयरधनीहरुले उक्त लाभांश बीमा समितिको स्वीकृति तथा […]

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश घोषणा

सगरमाथा इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने घोषणा गरेको छ ।उक्त निर्णय बीमा समितिबाट स्वीकृत भएपछि वितरणको प्रस्ताव अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेश हुनेछ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश घोषणा

काठमाडौं, ३ बैशाख । लुम्बिनी जनरल इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत वर्षको आर्थिक मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । कम्पनीको बैशाख २ गते बसेको संचालक समितिको बैठकले प्रस्तावित गरेको उक्त लाभांश बीमा समितिको स्विकृति र इन्स्योरेन्सको सभाले पारित गरेपछि मात्र शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।