प्रभु इन्स्योरेन्सको १०% बोनस शेयर हितग्राही खातामा जम्मा

साउन ४, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको १० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।  कम्पनीले जेठ ६ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर वैशाख २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । त्यस पश्चात शेयर अभौतिकीकरण गराउनेहरुको हकमा पनि क्रमशः हितग्राही खातामै बोनस शेयर वितरण गर्ने जानकारी कम्पनीले गराएको छ ।  कम्पनीले उक्त बोनस शेयर साउन १ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो । साउन ३ गते आइतवारदेखि कारोबारयोग्य भएको यो शेयर सम्बन्धीत शेयरधनीहरुले हितग्राही खातामा जम्मा भएपछि अब भने कारोबार गर्न सक्नेछन् ।  कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीहरुले शेयर रजिष्ट्रार कार्यालय वा आफुलाई पायक पर्ने प्रभु बैंकको शाखा कार्यालय वा अन्य कुनै निक्षेप सदयहरु मार्फत हितग्राही खाता खोली डिम्याट गरी बोनस शेयर आफ्नो हितग्राही खातामा प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।

सम्बन्धित सामग्री

सामुदायिक लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको १९ लाख ६० हजार कित्ता र सामुदायिक  लघुवित्तको १ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।  सामुदायिक लघुवित्तले असार २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशलमव ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।