अपि पावर र एनएलजी इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

कात्तिक २९, काठमाडौं । अपि पावर लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सोमवार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । अपि पावरले १० दशमलव ५० प्रतिशत बोनस शेयर बापतको २६ लाख २१ हजार ५९४ कित्ता र एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर बापतको १० लाख ९६ हजार ३७५ दशमलव ५० कित्ता शेयर सूचीकृत गराएको हो । सूचीकृत उक्त शेयर मंगलवारदेखि कारोबार योग्य भएपनि सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

सम्बन्धित सामग्री

अपि पावर कम्पनीले ७.५ प्रतिशत बोनस सेयर दिने

२२ पुस, काठमाडौं । अपि पावर कम्पनीले सेयरधनीलाई साढे ७ प्रतिशत बोनस सेयर दिने भएको छ । २१ पुस बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनी सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.३९४७ […]

अपि पावर कम्पनीले फेरि एक अर्ब माथिको हकप्रद सेयर जारी गर्ने

अपि पावर कम्पनी लिमिटेडले पुनः तेस्रो पटक हकप्रद (राइट) सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी चैत २५ गतेदेखि आफ्ना सेयरधनीहरूका लागि एक अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।यसअघि कम्पनीले २०७६ फागुन १२ गते र २०७८ बैशाख १९ गते समान ५६ करोड ७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको थियो । कम्पनीले पछिल्लो पटक पहिचान पश्चात निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि स्वः पुँजी जुटाउन धितोपत्र बोर्ड मार्फत अधिकतम २ अर्ब २२ करोड रुपै

अपि पावर कम्पनीले हकप्रद ल्याउँदै, बुक क्लोज कहिले ?

काठमाडौं, ५ चैत । अपि पावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तह गरेको छ । कम्पनीको आज चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर खुल्ला गर्ने अनुमति पाएसँगै बुकक्लोज मिति तोकेको हो । कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब […]

हकप्रद बिक्री गर्न अपि पावर कम्पनीले पायो अनुमति

काठमाडौं, २७ फागुन । अपि पावर कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि, कम्पनीले […]

अपि पावर र जानकी फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट

असोज १३, काठमाडौं । जानकी फाइनान्स र अपि पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  बुधवार बजार खुलेको सवा तीन घण्टाको अवधिमा ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  जानकी फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ५८३ र अपि पावर कम्पनीको शेयरमूल्य रू. ४५९ दशमलव ८० मा कारोबार भइरहेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

अपि पावर कम्पनीको आज हकप्रदका लागि बोलपत्र खोलिदै

काठमाडौं, २४ साउन । अपि पावर कम्पनीले साउन १३ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय, हात्तिसार मार्ग, कमलादीमा आज खोलिने जनाइएको छ । जेठ २० गते देखि साउन १३ गतेसम्म खुल्ला गर्दा विक्रि हुन नसकेका २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर […]

अपि पावर कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २० साउन । अपि पावर कम्पनीले साउन १३ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन हो । जेठ २० गते देखि असार १३ गतेसम्म खुल्ला गर्दा विक्रि हुन नसकेका २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको हो । शेयर बिक्रि तथा प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको […]

अपि पावर कम्पनीको हकप्रद शेयर लिलामी हुँदै

काठमाडौं। अपि पावर कम्पनीले दुई लाख १५ हजार ५९९ कित्ता हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ। कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा ५४ लाख ५४ हजार ४०१ कित्ता मात्रै बिक्री भएको थियो। त्यसबाट बाँकी रहेको २ लाख १५ हजार ५९९ कित्ता सेयर लिलामी हुने भएको हो। लिलामी मिति भने तय भएको छैन।