लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरूले संविधानमा असन्तुष्टि जनाउँदै विगतदेखि आन्दोलन गर्दै आएको तर अझै सो माग पुरा नभएको बताए । काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले आफूहरूको असन्तुष्टि वर्तमान संविधानसँग रहेको बताउँदै संविधानको मस्यौदा सार्वजनिक गरेसँगै असन्तुष्टि सुरु भएको र त्यही बेलादेखि शान्तिपूर्ण आन्दोलन गरेको जिकिर गरे । 'हामीहरूले शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले गोली चलायो, त्यसले धनजनको ठूलो क्षति भयो,' उनले भने ।'पार्ट