अफगानिस्तानबाट सैनिक फिर्ती तथा उद्धारको समयसीमा पछि नधकेल्ने अडानमा अमेरिका

अमेरिकाले यसअघि तोकिएकै समय सीमा भित्रै अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धार तथा सैनिक फिर्ता प्रक्रिया पूरा गर्ने लक्ष्य रहेको बताएको छ। सहयोगी देशहरुले समयसीमा बढाउन दबाब दिइरहेका बेला अमेरिकी रक्षा मन्त्रालयले तत्कालका लागि अगस्ट ३१ भन्दा पछि जाने सम्भावना नरहेको बताएको हो। अमेरिकाले अगस्ट ३१ सम्म आफ्ना सबै सैनिकलाई फिर्ता लैजाने समय सीमा यसअघि नै निर्धारण […]

सम्बन्धित सामग्री

अफगानिस्तानबारे पश्चिमी शक्तिका ४ भ्रम

अफगानिस्तानबाट अन्यौलपूर्ण अमेरिकी बहिर्गमनपछि उत्पन्न भद्रगोल साम्य भएको छ । अफगान सरकार केही महिना टिक्ने त्रुटिपूर्ण अनुमानबाट शुरु भएको उक्त भद्रगोल अमेरिकाले स्थानान्तरण गर्न चाहेका अधिकांश बालबालिकासहित केही अफगान नागरिक ड्रोन हमलामा मारिएपछि अन्त्य भयो । बारम्बार समयसीमा पूरा गर्न नसकेको र चाँडै नै परिवर्तन देखिनेछ भनेर बारम्बार दोहोर्‍याइरहेको अमेरिकी तथा नेटोको सैन्य अभियानका पर्यवेक्षक […]

काबुल घटनामा ज्यान गुमाउनेको संख्या १ सय नाघ्यो

काबुल विमानस्थलमा भएको बम विस्फोटको घटनामा परेर ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । अफगानिस्तानको स्वास्थ मन्त्रालयका अनुसार ९० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।त्यसैगरी, १३ जना अमेरिकी सैनिक मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । कमाण्डका अनुसार १८ जना अमेरिकी सैनिक घाइते छन् । घटनामा घाइते हुनको कुल संख्या १ सय ५० भन्दा धेरै रहेको अफगानी स्वास्थ मन्त्रालयले जनाएको छ । ३१ अगस्टको समयसीमा सकिन लागेका बेला अमेरिका र अन्य देशहरुले आफ्ना नागरिकलाई अफगानिस्तानबाट निकाल्ने कार्य तिव्र ग

तालिबानलाई बाइडेनको जवाफ : अफगानिस्तानबाट जतिसक्दो चाँडो बाहिरिन्छौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका जतिसक्दो चाँडो अफगानिस्तानबाट बाहिरिन खोजेको बताएका छन्। काबुल कब्जा गरेको तालिबानले ३१ अगष्टभित्र उद्दारका काम सक्न अमेरिकी गठबन्धनलाई समयसीमा दिएको छ। विदेशी सेना आफ्नो भूमिमा रहेसम्म सरकार गठन नगर्ने भन्दै तालिबानले अमेरिकी गठबन्धनलाई अफगानिस्तानबाट ३१ तारिखसम्म हट्न भनेको थियो। यो समयसीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले नै तय गरेका थिए।तालिबानले समयसीमा पालना गर्न, अन्यथा स्थिति प्रतिकूल हुने चेतावनी दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले एक ट्वीटमार

अमेरिकी सेनाले अगस्ट ३१ मै अफगानिस्तान छोड्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आलोचनाको बाबजुद यही अगस्ट ३१ तारिखमै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णयमा अडिग रहेको घोषणा गरेका छन् । यो निर्णयले उद्धार कार्य थप लम्ब्याउनुपर्ने साझेदार मुलुकहरूको मागलाई अस्वीकार गरेको छ । जी–७ मुलुकका नेताहरूले उद्धारको समयसीमा लम्ब्याउन आह्वान गरेका थिए । तर, राष्ट्रपति बाइडेनले उडानहरूको...

तालिबानले अमेरिकालाई समयसीमा नसर्ने बतायो, बाइडेनले पनि दिए जवाफ

अमेरिकालाई अफगानिस्तानबाट ३१ अगस्टसम्म मानिसहरुलाई निकाल्ने काम पूरा गर्न तालिबानका प्रवक्ताले निर्देशन दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ३१ अगस्टमा नै अफगानिस्तानबाट आफ्ना सैनिकलाई पूर्ण रुपमा फिर्ता गरिसक्ने बताएका थिए । समाचार एजेन्सी एपीका अनुसार एक पत्रकार सम्मेलनलाई सम्बोधित गर्दै तालिबानका प्रवक्ता जैबिउल्लाह मुजाहिदले ३१ तारिखको समयसीमा नबढ्ने बताउँदै तालिबानले यसलाई स्वीकार पनि नगर्ने बताए । उनले अफगानिस्तानमा जनजीवन सामान्य भइरहेको तर विमानस्थलमा समस्या अहिले पनि यथा

'अफगानिस्तानबाट सबैको उद्धार नहुन सक्छ' - BBC News नेपाली

अलपत्र परेका मानिसलाई उद्धार गरिसक्नुपर्ने समयसीमा अगस्ट ३१ पछि लम्बिने सङ्केत नरहेको भन्दै इच्छा राखेका सबैलाई अफगानिस्तानबाट बाहिर लान नसकिने पश्चिमा अधिकारीहरूले बताएका छन्।

अमेरिकालाई तालिबानको चेतावनी : ३१ अगस्टसम्म अफगानिस्तान खाली गर

तालिबानले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाइने बताएको छ । तालिबानका प्रवक्ता सुहैल शाहीनले यस्तो बताएका हुन् । उनले ३१ अगस्ट अन्तिम मिति भएको दोहोराएका छन् । उनले भने, ‘राष्ट्रपति जो बाइडेनले यो मितिसम्म अमेरिकी फौज अफगानिस्तानबाट बाहिरिने बताएका छन् र यो मितिपछि पनि बसेको खण्डमा अफगानिस्तानलाई कब्जाको रुपमा हेरिनेछ ।’उनले यो दिशामा कुनै परिवर्तन भएको खण्डमा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस

सबै अमेरिकीलाई बाहिर निकालेपछि मात्रै काबुलबाट सेना फिर्ता हुने बाइडेनको भनाई

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना नागरिक बाहिर ननिकालेसम्म अमेरिकी सेनाले काबुल नछाड्ने बताएका छन् । बुधबार प्रशारित एबीसी न्युजसँगको अन्तर्वार्ताका क्रममा उनले सबै अमेरिकी नागरिकलाई अफगानिस्तानबाट बाहिर ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । सबैलाई बाहिर निकाल्नका लागि ३१ अगष्टको समयसीमा बढाउन पनि सकिने उनको संकेत थियो । अमेरिकाले यो वर्षको अगष्ट ३१ […]