तालिबानले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाइने बताएको छ । तालिबानका प्रवक्ता सुहैल शाहीनले यस्तो बताएका हुन् । उनले ३१ अगस्ट अन्तिम मिति भएको दोहोराएका छन् । उनले भने, ‘राष्ट्रपति जो बाइडेनले यो मितिसम्म अमेरिकी फौज अफगानिस्तानबाट बाहिरिने बताएका छन् र यो मितिपछि पनि बसेको खण्डमा अफगानिस्तानलाई कब्जाको रुपमा हेरिनेछ ।’उनले यो दिशामा कुनै परिवर्तन भएको खण्डमा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस