काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले प्रत्येक निजी विद्यालयमा ‘एक आइटी, एक लाइब्रेरियन’ उत्पादन गर्ने भएको छ। प्याब्सनले यसका लागि तालिम प्रदान गर्न बुधबार आइटी महासंघ नेपाल र लाइब्रेरी डेभलपमेन्ट फोरमसँग सम्झौता गरेको छ।प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले नयाँ कार्यसमिति बनेपछि शिक्षामा फरक ढंगले गुणस्तरीयता बढाउन नीतिगत कार्ययोजना बनाएर पास गरी यी संस्थासँग सहकार्य गर्न लागेको जानकारी दिए।‘हामी शिक्षालाई फरक ढंगले नयाँ प्रविधिको प्रयोगबाट अगाडि