बजारले खोजेको जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सन् २००१ मा तालिम दिने थलोका रूपमा स्थापना भएको केएफए बिजनेस स्कूल सञ्चालनमा आएको २१ वर्ष भइसक्यो । शुरूमा तालिम दिने थलोका रूपमा सञ्चालनमा आएको संस्था यतिबेला शिक्षा लिने उत्कृष्ट थलोका रूपमा अघि बढेको छ । एमबीए, बीएचएम र बीएससी आइटी विषयमा अध्यापन गराइरहेको संस्थाले भविष्यमा कृषि र बीबीए क्षेत्रमा पनि हात हाल्दैछ । अध्ययनका लागि आउने विद्यार्थीलाई भविष्यमा चाहिने सम्पूर्ण ज्ञान दिइने गरेको संस्थाको दाबी छ । केएफए बिजनेश स्कूलका संस्थापक रेष्टा झा