प्रोभिजनिङले खासै प्रभाव पारेन लघुवित्त संस्थाको नाफामा, प्रकाशित विवरणमध्ये कसको नाफा कति?

काठमाडौं। गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्त कम्पनीहरुको नाफा राष्ट्र बैंकको नयाँ व्यवस्थापछि केही प्रभावित भए पनि

सम्बन्धित सामग्री

छिमेक लघुवित्तको नाफामा ३२ प्रतिशतको गिरावट

२४ कात्तिक, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको नाफा ३२ प्रतिशत घटेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको सो अवधिमा २२ करोड ११ लाख खुद नाफा कमाएको छ । कम्पनीको खुद ब्याज आम्दानी पहिले ७३ करोड ९९ लाख रुपैयाँ रहेकोमा अहिले ७२ करोड […]

तेस्रो त्रैमासमा आरएसडिसी लघुवित्त नाफा २४% बढ्यो, प्रतिशेयर आम्दानी रू.१५.६२

वैशाख ८, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २४ दशलमव ६५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ७ करोड ५६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ९ करोड ४३ लाख पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद बयाज आम्दानी गत आवको तुलनामा चालू आवमा ३६ प्रतिशत र सञ्चालन नाफा ९ दशमलव ४३ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ५१ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ८ करोड ६६ लाख र रिटेण्ड अर्निङमा रू.८ करोड २४ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू.७ करोड २५ लाख रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू.१५ दशलमव ६२, मूल्य आम्दानी अनुपात ४० दशमलव २० गुणा, तरलता अनुपात १ दशमलव ५० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२१ रहेको छ ।

सुर्योदय लघुवित्तको खुद नाफा ४४४.९३ प्रतिशतले बढ्यो

काठमाडौं, २१ माघ । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०७८÷७९ को दोश्रो त्रैमाससम्ममा खुद नाफामा उछाल आएको छ । संस्थाले सार्बजनिक गरेको वित्तिय विवरण अनुसार खुद नाफा ४४४.९३ प्रतिशतले बढ्दै ६ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । गत वर्षको यसै अवधिमा संस्थाले एक करोड […]

मनकामना स्मार्ट लघुवित्तको खुद नाफामा कमी

काठमाडौं, १९ माघ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत वर्षको तुलनामा ४७ दशमलव ३२ प्रतिशतले घटेको छ । वित्तीय संस्था लिमिटेडले यस वर्ष १ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ९७ लाख रुपैयाँभन्दा बढी यो […]

सञ्चालन नाफामा वृद्धि हुँदा मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ३.९ गुणा वृद्धि

कात्तिक २३, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ९ गुणा अर्थात् २९७ प्रतिशत वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू. ३ करोड २३ लाख १५ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा रू. १२ करोड ८५ लाख ४१ हजार नाफा कमाएको छ ।  चालू आवको पहिलो त्रैमासमा रू. ४ करोड १९ लाख ५६ हजार खराब कर्जा उठाएको तथा ,खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएकाले कम्पनीको नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. १ अर्ब रहेको उक्त कम्पनीले जगेडामा रू. ९५ करोड ५८ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. १० अर्ब ८३ करोड १६ लाख सापटि लिएर,रू.२ अर्ब ६७ करोड ५४ लाख निक्षेप संकलन गरेर रू.१५ अर्ब २७ करोड ११ लाख कर्जा लगानी गरेको छ ।  सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५१ दशमलव ४२, मूल्य आम्दानी अनुपात रू.२७ दशमलव शून्य ३,तरलता अनुपात २ दशमलव १५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १९५ दशमलव ५८ रहेको छ ।

नाडेप लघुवित्तका नाफा ११ करोड

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाडेप लघुवित्त वित्तीय संस्थाले ११ करोड ३७ लाख ६० हजार रूपैयाँ खुद नाफा गरेको छ ।गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । गत वर्ष कम्पनीले यस अवधिसम्म ७ लाख ३३ हजार रूपैयाँ मात्र खुद नाफा गरेको थियो ।गत वर्ष २४ लाख ४८ हजार रूपैयाँ सञ्चालन […]