तेस्रो त्रैमासमा आरएसडिसी लघुवित्त नाफा २४% बढ्यो, प्रतिशेयर आम्दानी रू.१५.६२

वैशाख ८, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २४ दशलमव ६५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ७ करोड ५६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ९ करोड ४३ लाख पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद बयाज आम्दानी गत आवको तुलनामा चालू आवमा ३६ प्रतिशत र सञ्चालन नाफा ९ दशमलव ४३ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ५१ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ८ करोड ६६ लाख र रिटेण्ड अर्निङमा रू.८ करोड २४ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू.७ करोड २५ लाख रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू.१५ दशलमव ६२, मूल्य आम्दानी अनुपात ४० दशमलव २० गुणा, तरलता अनुपात १ दशमलव ५० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२१ रहेको छ । 

सम्बन्धित सामग्री

६४ प्रतिशत घट्यो आरएसडिसी लघुवित्तको नाफा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको यसै अवधिसम्मको तुलनामा ६४ प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ७ करोड ९४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २ करोड ८५ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो । सञ्चालन नाफा भने गत वर्षको तुलनामा करिब १३ प्रतिशत कम भएको छ । गत वर्ष ११ करोड ३४ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ९ करोड ९० लाख रूपैयाँभन्दा बढी यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ४ करोड ७४ लाख रूपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ८६ करोड ९५ लाख ६८ हजार रूपैयाँ रहेको छ । रिटर्न अर्निङ १४ करोड ८६ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम १२ करोड १० लाख रूपैयाँभन्दा बढी रहेको छ । कर्जा सापटी करिब १३ प्रतिशत बढी ६ अर्ब १ करोड ५० लाख रूपैयाँभन्दा बढी गरेको कम्पनीले लघुवित्त तथा सहकारीहरूमा ६ अर्ब ६४ करोड रूपैयाँभन्दा बढी र आफ्ना ग्राहकहरूमा १ करोड ३२ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष शून्य दशमलव ८१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर १ दशमलव ८२ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १५ रूपैयाँ ९४ पैसा र प्रतिशेयर नेटवर्थ १३१ रूपैयाँ १ पैसा रहेको छ ।

आरएसडिसी लघुवित्तले चौथो त्रैमाससम्म कमायो ११ करोडभन्दा बढी नाफा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म ११ करोड १६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा गत आवमा कम्पनीको खुद नाफा ५ दशमलव ७१ प्रतिशत बढी भएको हो । अघिल्लो आवको यस अवधिसम्म कम्पनीले १० करोड ५६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत आवमा कम्पनीको सञ्चालन नाफा ५ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा १५ करोड ४ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवमा १५ करोड ९२ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ८ करोड ८ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।  ८ प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाएर ८६ करोड ९५ लाख ६८ हजार कायम गरेको कम्पनीको रिटर्न अर्निङ ८ करोड ८४ लाख रुपैयाँभन्दा बढी छ । जगेडा कोष रकम भने यस अवधिसम्म ११ करोड ५५ लाख रुपैयाँभन्दा बढी छ ।  कम्पनीले गत आवमा अघिल्लो आवभन्दा २५ दशमलव ३७ प्रतिशत बढी ५ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने विभिन्न लघुवित्त र सहकारीहरूलाई गत वर्षभन्दा २४ दशमलव ४४ प्रतिशत बढी ६ अर्ब ७२ करोड १७ लाख कर्जा सापटी दिएको छ । सदस्यहरूमा भने कम्पनीले ७८ लाख ३९ हजार कर्जा प्रवाह गरेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा बढेको छ । अघिल्लो आवमा  शून्य दशमलव ४९ रहेको निष्क्रिय कर्जा गत आवमा १ दशमलव २२ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

आरएसडिसी लघुवित्तको नाफा ६२ % बढ्यो, ६ अर्बभन्दा बढी कर्जा प्रवाह

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ७ करोड ९४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ६२ दशमलव ३४ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ४ करोड ८९ लाखभन्दा बढी थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा करिब ६३ प्रतिशत बढी भएकाले खुद नाफामा बृद्धि भएको हो । गत वर्ष दोस्रो त्रैमाससम्म रू. ६ करोड ९६ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ११ करोड ३४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड ५१ लाख ५५ हजार रहेको छ । रिटेन्ड अर्निग गत वर्षभन्दा २१९ दशमलव ५९ प्रतिशत बढेर रू. १५ करोड १८ लाखभन्दा बढी पुगेको कम्पनीको जगेडा कोषमा रू. १० करोड ९३ लाखभन्दा बढी रकम सञ्चित रहेको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. ५ अर्ब ३२ करोडभन्दा बढी कर्जा सापटी लिएको छ भने रू. ६ अर्ब २८ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कर्जा सापटी २४ प्रतिशत बढेको हो भने कर्जा प्रवाह २२ प्रतिशत बढी भएको हो । निष्क्रिय कर्जा गत वर्षभन्दा बढेको छ । गत वर्ष शून्य दशमलव २८ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ८१ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव ७३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ४५ रहेको छ ।

दर्जनभन्दा बढी लघुवित्तको शेयरमूल्य रू.१ हजारभन्दा कम : लगानीको अवसर

वैशाख २१, काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजारका परिसूचक निरन्तर ओरालो लागेसँगै सूचीकृत कम्पनीहरूको शेयरमूल्य पनि घटिरहेको छ । दोस्रो बजारमा राम्रो मूल्य कायम हुर्दै आएका लघुवित्त कम्पनीहरूको शेयरमूल्यमा पनि बजार घटेसँगै कमी आएको हो । पछिल्लो तथ्यांक अनुसार नेप्सेमा सूचीकृत ४८ ओटा लघुवित्त कम्पनीमध्ये १३ कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजारभन्दा कम कायम भएको छ । दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गर्दाको अवस्थामा यी कम्पनीहरूको शेयरमूल्य ११ सयभन्दा माथि थियो ।अहिले यी लघुवित्त कम्पनीको शेयरमूल्य पछिल्लो समय रू. १ हजारभन्दा कम कायम भएको हो । यतिबेला दीर्घकालीन लगानीको लागि यी लघुवित्तको शेयर खरीद गर्न सकिने जानकारहरू बताउँछन् ।  दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये पनि लघुवित्त कम्पनीको शेयरप्रति लगानीकर्ताहरूको आकर्षण बढी देखिन्छ । यो क्षेत्रका कम्पनीहरूको शेयरमूल्य बजार बढ्दा उच्च दरमै बढेको तथ्यांकका आधारमा पनि अहिले कम मूल्यमा खरीद गर्दा भविश्यमा राम्रो नाफा कमाउन सकिने कतिपय लगानीकर्ताको विश्लेषण छ । कुनै पनि कम्पनीमा लगानी गर्दा कम्पनीको जगेडा, लाभांश क्षमता, प्रतिशेयर आम्दानी लगायतका कम्पनीका महत्वपूर्ण आधारभूत पक्ष हेरेर मात्र लगानी गर्नुपर्ने हुन्छ ।  रू. १ हजारभन्दा कम मूल्य कायम भएका १३ लघुवित्तमध्ये सबैभन्दा कम शेयरमूल्य आरएसडिसी लघुवित्त वित्तीय संस्थाको रहेको छ । यो कम्पनीको शेयरमूल्य वैशाख १९ गते सोमवार प्रतिकित्ता रू. ६०४ दशमलव ३ रहेको छ । त्यसैगरी दोस्रोमा फष्र्ट माइक्रोफाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. ६९४ रहेको छ । लघुवित्त कम्पनीहरूले अरू कम्पनीले भन्दा बढी लाभांश दिने भएकाले पनि लगानीकर्ताको आकर्षण बढ्ने गरेको छ ।   नेप्सेमा सूचीकृत लघुवित्तमध्ये ४६ ओटाले आव २०७७/ ७८ को मुनाफाबाट  लाभांश घोषणा गरेका छन् । अधिकांशले उच्च दरममै लाभांश दिएका छन् । लाभांश घोषणा गरेका ४६ कम्पनीमध्ये सबैभन्दा बढी जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरेर कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको छ । त्यसैगरी महिला लघुवित्तले ४७ दशलमव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गरेको छ । यसले गर्दा पनि लघुवित्त कम्पनीको शेयर खरीदमा लगानीकर्ता आकर्षित हुने गरेका छन् ।

१ करोड ७२ लाख खराब कर्जा उठाएको आरएसडिसी लघुवित्तको नाफा ४०% बढ्यो

वैशाख २०, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४० प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ५ करोड ४३ लाख नाफा कमाएको चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७ करोड ६३ लाख पुगेको हो ।  चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. १ करोड ७२ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न सहयोग पुगेको हो । चुक्तापूँजी रू. ७३ करोड १९ लाख ६० हजार रहेको कम्पनीले जगेडा काोषमा रू. १३ करोड ८६ लाख ६५ हजार सञ्चित गरेको छ ।  गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८ प्रतिशत र सञ्चालन नाफा २३ प्रतिशतले वृद्धि भएको हो ।  सोही अवधिमा प्रतिशेयर आम्दानी रू. १३ दशमलव ९०, मूल्य आम्दानी अनुपात ६५ दशमलव ६८, तरलता अनुपात ४ दशमलव ६३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ९४ पुगेको छ ।