छिमेक लघुवित्तको नाफामा ३२ प्रतिशतको गिरावट

२४ कात्तिक, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको नाफा ३२ प्रतिशत घटेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको सो अवधिमा २२ करोड ११ लाख खुद नाफा कमाएको छ । कम्पनीको खुद ब्याज आम्दानी पहिले ७३ करोड ९९ लाख रुपैयाँ रहेकोमा अहिले ७२ करोड […]

सम्बन्धित सामग्री

छिमेक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, २ असार २०७८)

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ५ रुपैयाँले कमी आएको छ । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ७६७ कायम भएको हो । यस दिन कम्पनीको ३३ हजार ८७३ कित्ता शेयर खरिद विक्री भएको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रु. ९५ करोड ५९ लाख ६८ हजार नाफा कमाएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रु. ५९ करोड ७८ लाख ९० हजार नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवमा ५९ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी रु. ६९ दशमलव ६५ रहेको छ । गत आवको मुनाफाबाट शेयरधनीलाई कम्पनीले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ भने नगद लाभांश पनि शेयरधनीको बैंकखातामा पठाइसकेको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ३० बिन्दुमा छ । यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७ दशमलव ४६ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयर मूल्य रु. १ हजार ७६७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ७५१ मा टेवा पाउने र महँगिए रु. १ हजार ७९४ मा प्रतिरोध पाउने देखिन्छ ।