दुर्गममा खाद्यान्न वितरण सुरु

बाजुराको अति दुर्गम गाउँपालिका स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटमा खाद्यान्न बिक्रीवितरण सुरु गरिएको छ । नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले मुक्तिकोट बिक्री केन्द्रमा पाँच सय क्विन्टल चामल आपूर्ति गरेर बिक्रीवितरण सुरु गरेको हो । स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले मुक्तिकोटबाट पायक पर्ने स्वामीकार्तिक खापर–१ र २ का स्थानीयका लागि प्रतिकेजी ६६ रुपियाँका दरले मोटा चामल बिक्रीवितरण सुरु गरिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

विपन्न मुस्लिमलाई राहत

इस्लाम धर्मावलम्बीहरुको धार्मिक र सांस्कृतिक महापर्व रमजानलाई लक्षित गरी आइतबारदेखि खाद्यान्न वितरण सुरु गरिएको छ ।

हुम्लीलाई तीन महिनापछि बल्ल चार किलो चामल !

३० पुस, सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झन्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेको छ । शुक्रबार सुरु गरिएको खाद्यान्न वितरणमा एक व्यक्तिले चार किलोग्राम मात्रै चामल पाउने भएको छ । समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन् । प्रत्येक महिना […]

कोरोना कहरमा राहतः पहिले होडवाजी, अहिले चुपचाप

कोरोना भाइरसको महामारीका कारण लागू गरिएको ‘लकडाउन’ सुरु भएको हप्ता दिन नबित्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण सुरु गर्‍यो।

‘लकडाउन’को मारमा परेका नगरका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’का कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका ११ वटा वडाका विपन्न परिवारलाई नगरपालिकाले बैसाख ७ गतेदेखि खाद्यान्न वितरण सुरु गरेको हो ।

भोकमरीबाट जोगाउन सदस्यलाई सामुदायिक वनको खाद्यान्न सहयोग

उपभोक्तालाई भोकमरीवाट जोगाउन सामुदायिक बनले खाद्यान्न वितरण सुरु गरेको छ

ज्यालादारी मजदुरलाई वडामै खाद्यान्न

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाका ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण भइरहेको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी काम गर्न नपाउँदा हातमुख जोर्नै नसक्ने अवस्थामा पुगेका सर्वसाधारण मजदुरलाई नगरपालिकाले वडा कार्यालयमार्फत खाद्यान्न वितरण सुरु गरेको हो।

लकडाउनबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण

कोरोना भाइरसको त्रासका कारण लकडाउनबाट प्रभावित विपन्न परिवारलाई जिल्लाको एक नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । विश्व कोरोना भाइरससँग लडिरहेको समयमा दैनिक ज्यलादारीबाट गुजारा गर्ने विपन्न परिवारलाई गौर नगरपालिकाले राहत वितरण सुरु गरेको हो । कोरोनाबाट बच्न नेपाल सरकारले लकडाउन गरेको बेला दैनिक काम गरेर गुजारा गर्ने त्यस्ता विपन्न परिवारलाई एक छाक खाना पनि समस्या हुँदै गएकाले गौर नगरक्षेत्रका त्यस्ता परिवारलाई पहिचान गरी खाद्यान्न वितरण गरिएको गौर नगरपालिकाका नगर प्रमुख अजयकुमार गुप्ताले बताए ।

घुम्ति सेवामार्फत सुपथ मूल्यमा खाद्यान्न वितरण

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घुम्ति सेवामार्फत उपत्यकाका विभिन्न ठाउँमा दैनिक उपभोग्यका सामान वितरण सुरु गरेको छ । चाडपर्वको बेला घुम्ति सेवामार्फत खाद्यान्न वितरण गदै आएको कम्पनीले उपभोक्तालाई राहत दिनका लागि अहिलेदेखि नै वितरणको काम सुरु गरेको हो । उपभोक्तालाई सहुलियत दरमा खाद्यान्न वितरण गर्नका लागि घुम्ति सेवा सञ्चालन गरिएको कम्पनीका जानकारी दिएको छ । घुम्तिसेवा मार्फत उपत्यकाका विभिन्न ठाउँमा सहुलियत मूल्यमा खाद्यान्न वितरण गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार सोना मनसुली प्रतिकेजी ४७, बासमती चामल प्रतिकेजी ७९ र जिरा प्रतिकेजी ५३ रुपैयाँमा बिक्री भइरहेको छ ।

बाढी पीडितलाई राहत वितरण

बबई बाढीवाट विस्तापित परिवारलाई हेफर इन्टरनेशनले राहत स्वरुप खाद्यान्न वितरण सुरु गरेको छ। दैविक प्रकोप उद्धार समितिको समन्वयमा हेफर इन्टरनेशनल बाढीबाट विस्थापित परिवार आश्रय स्थलमा खाद्य समाग्री राहत वितरण गरेको हो।