खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घुम्ति सेवामार्फत उपत्यकाका विभिन्न ठाउँमा दैनिक उपभोग्यका सामान वितरण सुरु गरेको छ ।
चाडपर्वको बेला घुम्ति सेवामार्फत खाद्यान्न वितरण गदै आएको कम्पनीले उपभोक्तालाई राहत दिनका लागि अहिलेदेखि नै वितरणको काम सुरु गरेको हो । उपभोक्तालाई सहुलियत दरमा खाद्यान्न वितरण गर्नका लागि घुम्ति सेवा सञ्चालन गरिएको कम्पनीका जानकारी दिएको छ ।
घुम्तिसेवा मार्फत उपत्यकाका विभिन्न ठाउँमा सहुलियत मूल्यमा खाद्यान्न वितरण गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार सोना मनसुली प्रतिकेजी ४७, बासमती चामल प्रतिकेजी ७९ र जिरा प्रतिकेजी ५३ रुपैयाँमा बिक्री भइरहेको छ ।