कोरोना कहरमा राहतः पहिले होडवाजी, अहिले चुपचाप

कोरोना भाइरसको महामारीका कारण लागू गरिएको ‘लकडाउन’ सुरु भएको हप्ता दिन नबित्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण सुरु गर्‍यो।

सम्बन्धित सामग्री

कोरोना कहरमा पर्यटन मजदूर : दक्ष जनशक्ति विस्थापित

धरान । कोरोनाका कारण २ वर्षदेखि पर्यटन व्यवसाय शिथिल बन्दा त्यसको मार यस क्षेत्रका मजदूरमा समेत परेको छ । कोरोनाका कारण पर्यटन व्यवसाय सामान्य अवस्थामा फर्किन नसक्दा अधिकांश मजदूर अन्य पेशामा लागेका छन् । कोरोनाको जोखिम केही सामान्य हुँदै गएपछि सरकारले पर्यटन व्यवसायलाई लक्षित गर्दै केही राहतका प्याकेज ल्याए पनि पर्यटन मजदूरको पहिचान हुन नसक्दा उनीहरूले अहिलेसम्म त्यसको लाभ पाएका छैनन् । कोरोना कहरले जोखिममा परेका अन्य व्यवसायका मजदूरलाई राहत प्याकेजको व्यवस्था गरिए पनि पर्यटन मजदूरलाई भने कुनै व्यवस्था नगरिएको व्यवसायीको गुनासो छ । पर्यटन व्यवसाय अन्तर्गत होटल, ट्राभल्स, ट्रेकिङ लगायत क्षेत्रमा काम गर्ने मजदूर विस्थापित हुन पुगेका छन् । ठूला व्यवसायमा मजदूर कार्यरत भए पनि साना व्यवसायका मजदूर भने विस्थापित भएका हुन् । कामविहीन हुँदा पेशा नै परिवर्तन गर्नुपरेको उनीहरूको भनाइ छ । कोरोनाकालमा २ वर्षसम्म कामविहीन हुनुपर्दा दक्ष जनशक्ति पेशा परिवर्तन गर्न बाध्य बनेको नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर १ का पर्यटन शाखा संयोजक भवीशकुमार श्रेष्ठले बताए । उनका अनुसार पर्यटन व्यवसायका ३० हजार मजदूर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ५० हजार मजदूर प्रभावित बनेका छन् । ‘ठूला होटल, ट्राभल्स, ट्रेकिङमा कार्यरत मजदूर ५–६ महीनापछि नै काममा फर्के, तर साना व्यवसायमा काम गर्ने मजदूर विस्थापित भए ।’ धेरै मजदूर कामविहीन भएर अन्यत्र पलायन हुादा अहिले जनशक्ति तयार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । कोरोना जोखिमको समयमा सरकारले नीतिगत रूपमा केही सहयोग नगरेको होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् । कोरोनाको समयमा व्यवसायी आफैले मजदूरको व्यवस्थापन गर्नुपरेको उनको भनाइ छ । सरकारले नीति बनाएर पर्यटन मजदूरलाई राहतको व्यवस्थापन गरिदिनुपर्नेमा उनले जोड दिए । ‘सरकारले अनुदान, छूटको सुविधा पनि ल्याएन, अन्य क्षेत्रका मजदूरलाई दिए जस्तो पर्यटन व्यवसायमा अवधारणा ल्याउनुपर्छ,’ उनले भने । विस्थापित जनशक्तिलाई पुनः काममा फर्काउने अवस्था सृजना हुनुपर्ने महासंघका प्रदेश नम्बर १ पर्यटन संयोजक श्रेष्ठले बताए । ‘हामी व्यवसायीले भनिरहेका छौं, तर सरकारले कुनै पनि योजनाको काम गरिरहेको छैन,’ उनले भने, ‘हामीले आफैले तालिम दिने काम गरिरहेका छौं ।

कोरोनाको कहरमा युवामय भयो गाउँघर

गुल्मी । मजदुरीका लागि वर्षौैंसम्म भारतमा रहेर आफ्नो गाउँघर, मेलापातबाट टाढिएकाहरु पनि कोरोना महामारीका कारण गाउँघरमै फर्किएर रम्न थालेका छन् ।गाउँघरमा यतिबेला भारत लगायत विभिन्न मुलुकबाट घर फर्केका मानिस प्रशस्त छन् । लाग्छ, अहिले कुनै ठुलो चाडपर्व जसरी मानिस जम्मा भएका छन् ।लामो समयपछि गाउँघरमा मादल घन्किन र बाँसुरी बज्न थालेका छन् । वन–जंगलमा घाँस–दाउरा गर्न पुगेकाहरु गीत गाएर रमाइलो गरिरहेका हुन्छन् । कोरोना महामारीले गाउँघर साँच्चै नै आफ्नो पुरानो स्वरुपमा फर्कदा सहरबजार भने सुन

लकडाउनको कहरमा यातायात व्यवसायी : मोटर बीमाको प्रिमियममा छूट गर्न माग

जेठ २६, धरान । कोरोना महामारीले यातायातका सवारी साधनहरु ग्यारेजमै थन्क्याउनु परेको बाध्यात्मक अवस्थामा मोटर बीमाको प्रिमीयममा छूट गरिदिन यातायात व्यवसायीहरुले आग्रह गरेका छन् ।  पहिलो चरणको लकडाउन केही खुकुलो भए पछि लयमा फर्किदै गरेको व्यावसाय पुनः दोस्रो चरणको लकडाउनले यातायात व्यवसाय धरायसी बन्दै गएकाले मोटर बीमा छूट गरिदिन व्यवसायीले बीमा समितिलाई आग्रह गरेका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितिले मोटर बीमाको प्रिमीयममा छूट गरिदिन आग्रह गर्दै बीमा समितिलाई जेठ २५ गते पत्र पठाएको छ ।  दोस्रो चरणको भेरियन्टका कारण वैशाख १६ गतेदेखि नै सवारीसाधनहरु घर तथा ग्यारेजमा थन्किएर बसेका छन् । लामो समयसम्म सवारी साधन घर ग्यारेजमा थन्किदा बैंकको किस्ता, ब्याज साथै सवारीसाधनको पार्टस् पूर्जा समेत काम नलाग्ने भएपछि धेरै ठूलो क्षति व्यहोर्नु परेको महासंघका १ नम्बर प्रदेश समितीका संयोजक सरोज श्रेष्ठ बताउँछन् ।  उनी भन्छन्, ‘पहिलो चरणको लकडाउन खुलेपछि बैंकको किस्ता, ब्याज लगायत मर्मत सम्भारको व्यवस्थापन गरि विस्तारै लयमा फर्कदै गएका थियौ, बैंक किस्ता ब्याजलाई पुनर्तालिकीकरण गरि भुक्तानी गर्दै गरेकोमा सो समेत चुक्ता नभइ दोस्रो चरणको लकडाउन शुरु भइहाल्यो, अहिले सबै सवारीसाधन घर तथा ग्यारेजमै थन्किएको छ ।’ घर तथा ग्यारेजमा सवारी साधन थन्किएर थोत्रो हुन थालेपछि व्यवसायबाटै पलायत हुने अवस्था सृजना भएको उनको भनाइ छ ।  अघिल्लो वर्षको लकडाउनको समयअवधिको बीमा प्रिमियम छूट गरिएको थियो । बीमा समितिले सरकारले लकडाउन घोषणा गरेको अवधिभरको बीमा प्रिमियममा छूट एवम् दाबी रहितको छूट समेत गरिदिए पछि व्यवसायीले राहत महशुस गरेका थिए । यस वर्षको लकडाउन कहिले सम्म लम्बिने टुङ्गो नभएकाले मोटर बीमाको प्रिमियममा छूट गरिदिन आग्रह गरेको श्रेष्ठले बताए ।  सवारी साधन घर तथा ग्यारेजमै थन्किएकोले बीमा अवधि फेल हुने भएकाले लकडाउन खुल्ला हुने बित्तिकै बीमा नविकरण गर्नुपर्ने भएकाले व्यवसायीलाई झन् पिरोलेको छ । गत साल झै बीमा समितिबाट निषेधाज्ञा अवधि भरको प्रिमियममा छूट र दाबी रहितको अवधिको छूट दिनका लागि महासंघ प्रदेश नम्बर १ समितीले आग्रह गरेको छ ।  अघिल्लो वर्ष यातायात व्यवसायीकै माग अनुसार बीमा समितिले बीमा रकमको लकडाउन अवधिको हुने आउने रकमको ६७ प्रतिशतसम्म छूट दिएको थियो । ४ महीना अवधिको छूट रकमले यातायात व्यवसायीलाई ठूलो राहत पुगेको श्रेष्ठको भनाइ छ ।  अघिल्लो वर्ष प्रदेश सरकार मातहतमा रहेको यातायात व्यवस्था कार्यालयबाट पाइने छूटका लागि यातायात व्यवसायीले आग्रह गरेका थिए । लकडाउन समय अवधिको सवारी साधन कर, यातायात व्यवसायी कर लगायतका अन्य कर छूटका लागि आग्रह गरे पनि प्रदेश सरकारले कुनै पनि छूट नगरिदिएको उनी बताउँछन् । यस वर्ष समयमै प्रदेश सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

कोरोना कहरमा बाँझो फोर्दै, ‘रुपैयाँ’ फलाउँदै

बुटवल, जेठ १३। कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका युवाको दिनचर्या अहिले बदलिएको छ । तीमध्ये धेरैले गाउँमै आफ्नै खेतबारीमा पसिना बगाइरहेका छन् । बाँझो जमिन जोतेर हराभरा बनाएका छन् । कृषि उत्पादनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् । त्यस्तैमध्येका एक हुन, रुपन्देहीको सैनामैना नगरपालिका–६ का दीपक नेपाली । वैदेशिक रोजगारीका लागि मलेसिया […]

कोरोना कहरमा सहयोगी बन्दै युवाहरु

बिरामी र उनीहरुका आफन्तले भोगेको यही समस्यालाई मध्यनजर गरेर स्थानीय युवाहरु खानाको व्यवस्थापनमा जुटे। टीकापुर अस्पताल हाताभित्रै भान्सा तयार पारे। अहिले त्यही भान्सामा तयार पारेको खाना बिरामी र उनीहरुका आफन्तले खाइरहेका छन्।...

कोरोना कहरमा कोलेनिकाले रोक्यो पर्वत अस्पतालको खाता

पर्वत : चालु अवस्थामा रहेको खाताको स्वरूप फेर्नुपर्ने भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतले पर्वत अस्पतालको खाता सञ्चालनका लागि स्वीकृति नदिँदा अस्पताल समस्यामा परेको छ।अहिले कोरोना सङ्क्रमण अवस्था भयावह भइरहेको बेलामा विभिन्न सामग्रीहरू खरिद गर्नुपर्ने तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पनि पैसा दिनुपर्ने बेलामा एकाएक अस्पतालको खाता सञ्चालन रोकिँदा अस्पताल नै समस्यामा परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताए।खाता सञ्चालनमा हालसम्म अस्पतालको आफ्नै पद्धति र समितिको

होम आइसोलेसनमा अभिनेत्री क्षितिजा

कुनै समयकी चर्चित मोडल तथा अभिनेत्री क्षितिजा शाक्य अहिले कोरोनाका कारण होम आइसोलेसनमा छिन् । काठमाडौं मलमा आफ्नै सिर्जना प्रयोग गरेर पहिरन गृह सञ्चालन गर्दै आएकी उनी फिल्म, म्युजिक भिडियो अनि स्टेज प्रस्तुतिका लागि पहिरन डिजाइन गर्ने मात्र होइन फेसनप्रति सचेत सबैका चाहना पूरा गर्न लागिपरेकी छन् ।  ग्ल्यामरको क्षेत्रमा लागे पनि समाजसेवामा झुकाव राख्ने उनी पहिलेदेखि नै अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्न अग्रसर हुन्थिन् । अघिल्लो लकडाउनको समयमा कोरोना कहरमा दुःख पाएकाहरूलाई सहयोग पुर्‍याउन अग्रपंक्तिमा उभिएकी उनी ...

भारतमा कोरोनाको कहर, अस्पतालमा बुवालाई भर्ना गर्न नपाएर ग्वाँ ग्वाँ रोइन् छोरी

कोरोनाभाइरसको नयाँ लहर निकै खतरनाक छ र भारत अहिले यसको कहरमा परेको छ ।  मध्य प्रदेशको इन्दोरमा कोरोना लागेका आफ्ना पितालाई अस्पतालमा भर्ना गर्न नपाएर बाहिरै राख्नुपर्दा एक छोरी बेस्सरी रोइन् । अस्पतालहरूमा न शय्या उपलब्ध छ, न उपचारको अवसर छ ।  छोरीले अस्पताल बाहिर पितालाई भर्ना गर्नका लागि कुर्दै गर्दा एकपटक त पिताको सास रोकिनै लागेको थियो । पितालाई पानी पियाउँदै अनि आँखाभरि आँसु ल्याउँदै उनी प्रतीक्षा गरिरहेकी छन् । कसैले पनि उनलाई सहायता गर्न सकेन ।  द्रविड नगरका दीपेशले पनि यही नियति भोग्नुप...

जनता समाजवादी पार्टी निर्माणको अर्थ

देश अहिले कोरोनाको कहरमा छ । कोरोना संकट दिनहुँ गहिरिँदो छ । कोरोनाका कारण देशले बन्दाबन्दीको सकस सहिरहेकै बेला

कोरोनाको चपेटामा थिएटर

काठमाडौं । अहिले विश्व कोरोना भाइरसको महामारीको कहरमा गुज्रिदै छ । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस