कोरोना भाइरसको त्रासका कारण लकडाउनबाट प्रभावित विपन्न परिवारलाई जिल्लाको एक नगरपालिकाले खाद्यान्न वितरण गरेको छ ।
विश्व कोरोना भाइरससँग लडिरहेको समयमा दैनिक ज्यलादारीबाट गुजारा गर्ने विपन्न परिवारलाई गौर नगरपालिकाले राहत वितरण सुरु गरेको हो ।
कोरोनाबाट बच्न नेपाल सरकारले लकडाउन गरेको बेला दैनिक काम गरेर गुजारा गर्ने त्यस्ता विपन्न परिवारलाई एक छाक खाना पनि समस्या हुँदै गएकाले गौर नगरक्षेत्रका त्यस्ता परिवारलाई पहिचान गरी खाद्यान्न वितरण गरिएको गौर नगरपालिकाका नगर प्रमुख अजयकुमार गुप्ताले बताए ।