माल्टा युरोपको स्वतन्त्र देश हो । यो युरोपको भूमध्य सागरको केन्द्रमा अवस्थित छ । यहाँका तीन वटा छुट्टा छुट्टै टापुहरूमा मानिसहरूको बसोबास छ । तीन टापुहरू मिलेर बनेको माल्टाको भू-भाग ३१६ वर्ग किलोमिटरमा फैलिएको छ । छ । यो देश ५ क्षेत्रमा विभाजित छ । प्रत्येकको आफ्नै क्षेत्रीय समिति छ । जसले स्थानीय र राष्ट्रिय सरकारबीच मध्यस्थताको काम गर्छन् ।
यहाँको जनसङ्ख्या ५ लाख ३३ हजार २८६ छ । जनसङ्ख्या र भू - भाग दुवै हिसाबले यो देश युरोपियन युनियन (ईयु)को सबैभन्दा सानो सदस्य राष्ट्र हो । माल्टाबाट सबैभन्दा नजिकको ठाउँ इटालीको सिसि...