भिजिट भिसामा विदेश पुर्‍याएर अलपत्र पार्ने क्रम बढ्यो, प्रमाण नहुँदा न्याय पाउन समस्या

काठमाण्डौ – विभिन्न व्यक्ति तथा संस्थाले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर भिजिट भिसामा विभिन्न देश पुर्‍याएर अलपत्र पार्ने क्रम बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार विभिन्न कन्सल्टेन्सी र व्यक्तिहरूले राम्रो काम र कमाइको लोभ देखाइ भिजिट भिसामा लैजाने र विभिन्न देशमा पुर्‍याएर अलपत्र पारी ठगी गर्ने क्रम बढेको हो ।  मोबाइल नम्बर, फेसबुक, युटुयुव लगाएका सूचना प्रविधिको प्रयोग गरी फिलिपिन्स, इजरायल, माल्टा लगायतका देशमा आकर्षक तलब र सुविधाको प्रलोभन देखाउने, पैसा उठाउने र गैरकानुनी ढङ्गबाट यी देशमा...