काठमाण्डौ – वैदेशिक रोजगारीमा युराेपेली देश माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले झापा अर्जुनधारा ३ का ३८ वर्षीय युवराज लिम्बूलाई पक्राउ गरेको हो । माल्टामा महिनाको एक लाख रुपैयाँ भन्दा बढी कमाइ हुन्छ र त्यहाँ जान १२ लाख रुपैयाँ लाग्छ भन्दै पीडितबाट ६ लाख ३० हजार रुपैयाँ लिएर लिम्बू सम्पर्कविहीन भएका थिए । उनलाई हिजो काठमाण्डौको कालोपुलबाट पक्राउ गरेर थप अनुसन्धानको लागि वैदेशिक र...