एलिसराज सन्जेल/हेटौँडा, हाल माल्टा ।
दुःखको गहिरो समुद्र पार गर्दै अहिले म रोजगारीको सिलसिलामा युरोपियन देश माल्टा आइपुगेको तीन महिना भयो । यहाँ आउनका लागि मैले लामो सङ्घर्ष र प्रतीक्षा गर्न पर्यो । नेपालबाट सिधै आउनका लागि निकै कोसिस गरेँ ।
डेढ दुई सालसम्म प्रतीक्षा पनि गरेँ । तर यो अवधिमा मैले आशा मात्र पाएँ । काम कतै पनि हुने देखिनँ ।
नेपालबाट नै प्रक्रिया गरेर आउन सक्छु जस्तो नलागेपछि म अघिल्लो साल रोजगारीकै लागि खाडीको देश यूएई आएँ । यूएईमा काम गर्दै त्यहीबाट माल्टाको प्रक्रिया अघि बढाएँ । तर...