काठमाण्डौ – सामाजिक सञ्जालमा आएका युरोप रोजगारीको विज्ञानपनमा विश्वास नगर्न वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।
पछिल्लो समय युरोप रोजगारीका विभिन्न विज्ञापनहरू फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतबाट गर्दै ठगी गर्ने क्रम बढेको भन्दै यसरी आउने विज्ञापनमा विश्वास नगर्न विभागले भनेको हो ।
युरोपका देश रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्वानिया र क्यानडाजस्ता देशमा काम गर्ने भिसामा पठाइदिने भन्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने र ठगी गर्ने क्रम बढेको छ । यस्ता देशहरूमा रोजगारी...