९ कम्पनीले गरे लाभांश घोषणा, अधिकांशको बोनस शेयरमा जोड

काठमाडौं । आइतवारसम्म म्युचुअल फन्डबाहेक ९ कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका हुन् । तीमध्ये अधिकांशले नगद लाभांशभन्दा बोनस शेयरमा जोड दिएका छन् । ती कम्पनीको कुल बोनस शेयर ९९ दशमलव ९ प्रतिशत छ भने नगद लाभांश ३० दशमलव ४८ प्रतिशत छ । लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सिटिजन्स बैंक र ओरियन्टल होटल्सले नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेका छन् भने बाँकी  ७ कम्पनीले बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  बोनस शेयरले कम्पनीको चुक्ता पूँजी बढाउने, नेटवर्थ तथा सञ्चिति घटाउने र शेयरधनीको कित्तामा परिमाणात्मक वृद्धि दिनेबाहेक गुणात्मकरूपमा केही नदिने विज्ञहरू बताउँछन् । बोनस शेयर जारी हुने सूचना प्रकाशित भएको केही दिन शेयरको मूल्य अस्वाभाविक बढ्ने, पूँजीको कारण आम्दानी सोही अनुपातमा कायम राख्न सञ्चालन र स्रोत परिचालन खर्च बढ्नेबाहेक गुणात्मकरूपमा प्रतिफल केही नपाइने उनीहरूको भनाइ छ ।   चार वर्षदेखि शेयर बजारमा लगानी गर्दै आएका दीपक सिंह धामी लगानीकर्ताका लागि बोनस शेयरभन्दा नगद लाभांश नै उचित रहेको बताउँछन् । कम्पनीले बोनस शेयर दिएपछि समायोजन हुँदा शेयरको मूल्य घट्ने भएकाले लगानीकर्ताका लागि नगद लाभांश लिनु नै ठिक भएको उनको भनाइ छ ।  लगानीकर्ताहरू बोनस शेयरभन्दा नगद लाभांश नै लिन चाहने भए पनि कम्पनीहरूले भने बोनस शेयरमै जोड दिएको पाइन्छ । जानकारहरू यसको कारण खुलाउँछन्- विभिन्न समयमा नियामक निकायले कम्पनीहरूको चुक्ता पूँजी बढाउन निर्देशन दिने गर्छन् । त्यसपछि कम्पनीहरू बोनस शेयरलगायतबाट पूँजी बढाउने गरेको पाइएको छ । त्यही कारण कम्पनीहरूले नगद लाभांशको सट्टा बोनस शेयरमा जोड दिएका हुन् ।   विदेशी मुलुकमा भने सूचीकृत कम्पनीहरूले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिने गरेका छन् । विदेशमा कम्पनीको चुक्ता पूँजीभन्दा जगेडा धेरै गुणा बढी हुने गर्छ । नेपालमा वर्षैपिच्छे सूचीकृत कम्पनीले बोनस शेयर वितरण गर्दा लाभांश क्षमता बढेको देखिन्छ । कम्पनीहरूले कहिले पारित गर्दैछन् लाभा‌ंश ? यो वर्ष लाभांश घोषणा गरिसकेका कम्पनीहरूमध्ये माछापुच्छ्रे बैंकले प्रस्तावित लाभांशलाई साधारण सभाबाट पारित गरिसकेको छ । असोज १८ गते सम्पन्न वार्षिक साधारण सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै, ओरियण्टल होटल्स, सिटीजन्स बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र सानिमा माई हाइड्रोपावरले पनि लाभांश पारितको लागि साधारण सभा बोलाइसकेका छन् ।  ओरियण्टल होटल्सले प्रस्तावित लाभांश पारितका लागि असोज २५ गते साधारण सभा बोलाएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशलमव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्तावित ५ दशलमव ७९ प्रतिशत लाभांश पारितका लागि असोज २६ गते साधारण सभा बोलाएको छ ।  हालसम्म लाभांश प्रस्ताव गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकले ३० दशलमव ५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीले प्रस्तावित लाभांश पारितका लागि यही असोज २८ गते साधारण सभा बोलाएको हो । एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नका लागि यही असोज ३० गते साधारण सभा बोलाएको छ । सानिमा बैंकले प्रस्तावित ९ प्रतिशत बोनस शेयर र करसहित ५ दशलमव ७ प्रतिशत नगद लाभांश पारितका लागि कात्तिक २ गते साधारण सभा बोलाएको छ । त्यस्तै सानिमा माई हाइड्रोपावरले प्र्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारितका लागि आगामी कात्तिक २३ गते साधारण सभा बोलाएको छ ।  बाँकी २ कम्पनी युनिक नेपाल लघुवित्त र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले भने साधारण सभाको मिति तय गरेका छैनन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई पहिलो पटक लाभांश वितरण गर्न लागेको हो । कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले कुल लाभांशमध्ये बोनस शेयर र नगद लाभांश कति भन्ने उल्लेख गरेको छैन । त्यस्तै आरएसडिसी लघुवित्तले ८ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४५२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले प्रस्ताव गरेको बोनस शेयर र नगद लाभांश  स्रोत : सम्बन्धित कम्पनीहरूले प्रकाशित गरेको सूचनाबाट । 

सम्बन्धित सामग्री

हिमालयन एभरेस्ट इन्स्योरेन्सको लाभांश घोषणा

२५ पुस, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि चुक्ता पूँजीको ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको हो । कम्पनीले १९ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस सेयर र १४ करोड ६६ लाख […]

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

१५ मंसिर, काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाका आधारमा कम्पनीले कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ७ करोड ११ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने फाइनान्सले जनाएको छ । फाइनान्सले यस पटक बोनस सेयर […]

११ वाणिज्य बैंकको लाभांश घोषणा

काठमाडौं । हालसम्ममा ११ ओटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरिएका बैंकमध्ये बैंक अफ काठमाण्डूले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । बीओकेले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश २०.९५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैंकले गत वर्ष १२.५ प्रतिशत बोनस […] The post ११ वाणिज्य बैंकको लाभांश घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रभु बैंकको लाभांश घोषणा

प्रभु बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने बताइएको […]

१५ वाणिज्य बैंकको लाभांश घोषणा : सर्वाधिक लाभांश दिनेमा नबिल बैंक अगाडि

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५ वाणिज्य बैंकहरूले बोनस सेयर र नगद लाभांश घोषणा गरेका छन् । हालसम्म नबिल बैंकले सर्वाधिक बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । बै‌ंकले अघिल्लो...

धमाधम लाभांश घोषणा गर्दै बैंकहरु, कुनले कति दिँदैछन् ?

९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् । सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । […]

यी हुन् अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनी

गत आर्थिक वर्षको नाफाबाट कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। राष्ट्र बैंकले नगद लाभांशमा कडाई गरेपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस सेयरलाई प्राथमिकता दिएका छन्।

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनस ?

१७ भदौ, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांशसमेत गरी कुल २१ दशमलव शून्य ५ […]

नेपाल पुनर्बिमा कम्पनीद्वारा लाभांश घोषणा

नेपाल पुनर्बिमा कम्पनी (एनआरआइसी)ले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले २०७६/०७७ को वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्ता पुँजी १० अर्ब रुपैयाँको १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । हालै सञ्चालनमा आएको पुनर्बिमा कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो । हाल कम्पनीको […]

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ / सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको यही ४ गते बसेको ३०० औँ बैठकले आर्थिक बर्ष २०७६/२०७७ को मुनाफाबाट लाभांश दिने